नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहकारीको सवलता सदस्यहरुको सन्तुष्टिमा निर्भर हुने बताएका छन् । पोखरा स्थित उन्नती साकोसको दशौं वार्षिक साधारण सभा र संगम साकोसको एघारौं वार्षिक साधारण सभाको बेग्ला बेग्लै कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथि पौडेलले सो कुरा बताएका हुन । सहकारी संस्थाका मालीक भनेका शेयर सदस्य भएको बताउदै पौडेलले मालीकलाई सहकारी संस्थाहरुमा सम्मानको बातावरण नहुँदा सदस्यहरुमा असन्तुष्ट पैदा भई सहकारी अभियानले उचाई लिन नसकेको धारणा राखेका थिए । सहकारी संस्थालाई सदस्यहरुको आवश्यकता, चाहाना र समयसापेक्ष रुपमा सञ्चालन गर्नुपर्ने बताउदै उनले २०१३ सालमा जसरी वर्तमानका सहकारी संस्थाहरु चल्न नसक्ने बताए ।
फरक प्रसंगमा पौडेलले सरकारले सहकारीलाई कागजमा उचीत बाताबरण सिर्जना गरेता पनी कागजमा लेखेको विषयहरुलाई कार्यान्वयनमा ल्याउन हिच्कीच्याई रहेको आरोप लगाएका थिए । सहकारीको शक्तिलाई सरकाले चिन्न नसकेको बताउदै उनले सहकारी अभियनालाई सरकारले असफल गराउन खोजेमा राज्यनै असफल हुने दावी गरे । पौडेलले सहकारी संस्थाहरु पैसाको मात्र कारोवार गर्ने संस्था नभएको बताउदै सहकारीले सामाजिक पुँजी निर्माण देखि लिएर मानविय समवेदना जस्ता धैरै कार्यहरु गरिरहेको बताउदै सरकाले सहकारीलाई विकासका साझेदारको रुपमा लिएर अगाडि वढ्नुपर्ने भनाई राखेका थिए ।
छुट्टा छुट्टै भएको साधारण सभा अन्तर्गत संगम साकोसको साधारण सभामा नेफ्स्कूनका सञ्चालक एवं गण्डकी प्रदेशका संयोजक भिम गुरुङ, लेखनाथ महानगरपालीका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेल, कास्की बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष भेषराज बराल, जिल्ला सहकारी संघ लि. कास्कीका लेखा समिति सदस्य विना लोहोनी, हितैसी साकोसका अध्यक्ष शेरवहादुर कार्की, कोअपरेटीभ्स म्यानेजीयरर्स कल्वका अध्यक्ष मिलन ढकाल, पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि.का प्रवन्ध निर्देशक वाशुदेव कोईराला लगाएतले साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संगम साकोसको साधारण सभाको अवसरमा नेफ्स्कूनका सञ्चालक एवं गण्डकी प्रदेशका संयोजक सहकारी अभियन्ता भिम गुरुङलाई सहकारी क्षेत्रमा पु¥याएको योग्दानको कदर गर्दै संस्थाद्धारा स्थापना गरिएको संगम योग के.सी. स्मृति पुरस्कार २०७५ बाट सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा सहकारीका सिदान्त अनुसार समुदाय प्रतिको चासोलाई मध्येनजर गर्दै संस्थाले लेखानाथ महानगरपालीका वडा नं. १५ लाई सि.सि.टी.भी. व्यवस्थापनका लागि रु. ३० हजार बराबरको सामाग्री प्रदान गर्ने गरी प्रतिवद्धता पत्र वडा अध्यक्ष पौडेललाई हस्तान्तरण गरेको थियो । सोही अवसरमा संस्थाले पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.ली. संगको सहकार्यमा आफ्ना सदस्यहरुको उपचार तथा औषधि खरीदमा १२ प्रतिशत छुट व्यवस्था गर्ने गरी सम्झौता समेत गरेको छ । कार्यक्रमकै अवसरमा संस्थाद्धारा प्रकाशित संगम दर्पणको लोकापर्ण पनि गरेको थियो ।
त्यस्तै उन्नती साकोसले साधारण सभाको अवसरमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट सदस्य लगाएताका विभिन्न विधामा सदस्य, सदस्यका छोरा छोरी लगाएतलाई सम्मान तथा पुरस्कृत गरेको छ । ४७६९ सदस्य रहेको उन्नती साकोसमा १७ जना कर्मचारी, ७ करोड ४२ लाख शेयर पुँजी, २६ करोड ४८ लाख बचत, ३८ करोड ५७ लाख लगानीमा रहिरहेको ऋण र ४५ करोड ५१ लाख बराबरको सम्पत्ती रहेको छ भने संगम साकोसमा २४१२ जना सदस्य, ११ जना कर्मचारी, ६ करोड ७७ लाख शेयर पुँजी, २२ करोड ४१ लाख बचत, २६ करोड १२ लाख लगानीमा रहीरहेको ऋण र ३१ करोड ८५ लाख बराबरको सम्पती रहेको छ ।
उन्नती साकोसको सधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष पदमवन्धु पोखरेल, स्वागत उपाध्यक्ष राजेश रानाभाट र सञ्चालन सचिव लेखनाथ अर्यालले गरेको थिए भने संगम साकोसको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष निरज थापा स्वागत उपाध्यक्ष यमवहादुर रानाभाट र सञ्चालन सचिव धनराज पुरीले गरेका थिए ।



















































































































































































































