३ कार्तिक २०८३, सोमबार

 

संचार जनताको वैचारिक शक्ति हो ः पुर्वप्रधानन्यायाधीश श्रेष्ठ

- नयाँ विश्व पत्रकारिता पुरस्कार २०७५ पत्रकार दिलिप पौडेललाई

पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बागलुङमा रहेका मिडियाहरु विस्थापित नभई नेपाल र विश्वलाई नै प्रभावित पार्ने गरी स्थापित हुन आवश्यक रहेको बताउनु भयो । नागरिक सञ्चार प्रा लिद्धारा सञ्चालित नयाँ विश्व डट कमको पहिलो वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रुपमाबोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो ।

संचार जनताको आवाज र वैचारिक शक्ति भएकोले जनआवाज बोक्ने संचार माध्यमलाई सबैले सहयोग गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।बागलुडमा जन्मिएर काठमाण्डौबाट राष्टिय मिडियाको रुपमा पखेटा राख्न लागेको नया विश्वले आफनो नाम अनुसार काम गर्नु पर्ने सुझाव दिनु भयो ।

उहाले बागलुङमा पनि एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका संगसंगै अनलाईन सञ्चार माध्यमले पनि स्थान पाएकाले यसको संरक्षण गर्न सरकारले ध्यान दिनुपर्ने बताउन ुभयो ।

उहाले पछिल्लो समय हरेक ठाउँमा अनलाईन मिडियाहरुको संख्या बढ्दै गएकाले यसको सही व्यवस्थापन हुनुपर्ने उहाको भनाई छ । ठूला मिडिया र साना मिडिया बिच भेद अझै पनि देखिएकाले साना मिडियालाई सुरक्षित र सम्बद्र्धन गर्न तर्फ सबै अग्रसर बन्नुपर्ने बताउनुभयो । कतिपय समयमा साना सञ्चार माध्यमले आफ्नो अस्तित्व मात्र बचाएर बस्नु पर्ने अवस्था आएकाले आगामि दिनमा यसको अन्त्य हुन आवश्यक रहेको भन्दै यथार्थ एवं सकरात्मक ढंगबाट समाचार प्रकाशन प्रसारण गर्नुपर्ने पनि बताउनुभयो ।

बिजनेश हाउसले सञ्चारको ठूलो प्रणालीमा नियन्त्रण गर्ने भन्दै यसले प्रभावक्षेत्रको विस्तार पनि गर्ने हुनाले राष्ट्रका ठुलो पद्धतिका रुपमा रहेको श्रेष्ठले बताउनुभयो । पछिल्लो समय युवा पुस्तामा इन्टरनेट वा अनलाईन लोकप्रिय बन्दै गएकाले सरल तथा सहज भाषामा नागरिकले बुझ्ने गरी समाचार प्रकाशन, प्रशारण गर्नुपर्ने भनाई राख्नुभयो । हरेक व्यक्तिले भरपर्दो एवं यथार्थ सुचना पाउने अधिकार रहेकाले समाज, राष्ट्रलाई सचेत राख्न सञ्चार माध्यमको ठुलो भुमिका हुने श्रेष्ठले बताउनुभयो ।

यस्तै सो अवसरमा प्रा.लिले नयाँ विश्व पत्रकारिता पुरस्कार २०७५ बाट दिलिप पौडेललाई नगद ५ हजार रुपैँयाको साथमा सम्मान गर्ने घोषणा गरेको छ । प्रत्यक वर्प विशेप महत्त राख्ने जनपक्षिय संचार सामाग्रीलाई नया विश्व पत्रकारिता पुरस्कार प्रदान गरिने छ । यो वर्ष भष्टचार नियन्त्रण र सुशासनमा योगदान दिएको भनेर नया विश्व पत्रकारिता पुरस्कार पौडेललाई दिने निर्णय भएको हो ।

जैमिनी नगरपालिका वडा नं ४ मा विस २०४० सालमा जन्मिएका का विस २०६३ सालदेखि पत्रकारितामा क्रियासिल छ । उनले विस २०७४ साल साउन २ गते नागरिक दैनिकमा डेढ अरवको जग्गा खरिदमा ६७ करोडको घोटला शिर्षकको समाचार ब्रेक गरेका पौडेलकाकोसमाचार   कारण भष्ट आयल निगमका प्रमुखले विस २०७५ साउनमा पद छोडृन बाध्य भएका थिए ।
यस्तै अन्य बागलुङका पत्रकार प्रकाश बराल, प्रदिप पन्त, सुवास गौतम, पुर्णभद न्यूरे्र,आरके अदिप्त गिरि, भरतप्रसाद सापकोटा, गुमानसिंह भण्डारी, कृष्ण सापकोटा ,सुरेश छन्त्याल, कमल पौडेल, थम्मन थापा ,डम्मर बुढा मगर ,कृष्ण कडेल,छविलाल पाण्डे, प्रकाश छन्त्याल,काठमाण्डौबाट हरि शर्मा , पर्वतका सागर कुँवर र म्याग्दीका सन्तोष गौतमलाई सम्मान गरेको छ ।

त्यसै गरी प्रवासमा रहेर पनि समाचार पठाउने महेश खाति ,रमेश लामिछाने ,सन्तोष खत्री ,सचिन्द्र श्रेष्ठलाई पनि प्रशंसापत्र प्रदान गर्ने घोषणा भएको छ ।यस्तै बर्षभर अनलाईनमा स्तम्भ लेखेर सहयोग गर्ने महेशचन्द्र प्रधान, राजेशचन्द्र राजभण्डारी, शिवशरण ज्ञवाली, प्रकाश थापा र राजु पौडेललाई सम्मान गरिएको थियो ।नया विश्वलाई विज्ञापन दिएर सहयोग गर्ने विज्ञापनदाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नरेश कँडेल, उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, वेपत्ता परिवारका तर्फबाट जशोदा शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रथम वाषिकोत्सवको उपलक्ष्यमा नागरिक संचार प्रालिको तर्फबाट नेपाल पत्रकार महासघको भवन निर्माणको लागि पाच हजार रकम नेपाल पत्रकार महासंघ बागलुड शाखाको सदस्य सिर्जना पन्तलाई प्रदान गरिएको थियो ।

त्यसै गरी विघामन्दिर माविको बालविकासमा अध्ययनरत बालबालिकाको लागि निशुल्क खाजा अभियान लाई नागरिक संचार प्रालिको तर्फबाट पाच हजार विममाविका प्रअ जगन्नाथ आर्चायलाई प्रदान गरिएको थियो । नागरिक संचार प्रालिको सहसचिव तथा नया विश्व अनलाइनका व्यवस्थापक अर्जुन चोखालले वानपा ४ उपल्लाचौर घर भइ विममाविमा कक्षा ९ मा अध्ययनरत छात्रा अजमिरा खातुनलाई कक्षा १२ सम्म पढाईको लागि सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रम प्रा.लिका उपाध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव तथा कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीको स्वागत र राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
फोटो मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung