३ कार्तिक २०८३, सोमबार

 

शिक्षासेवी श्रेष्ठको निधन

बागलुङ नगरपालिका–३ निवासी शिक्षासेवी कुलप्रसाद श्रेष्ठको निधन भएको छ । ९२ वर्षीय श्रेष्ठको बिहीबार बिहान आफ्नै निवासमा निधन भएको हो । पछिल्लो समय उहाँ रोगले थलिनुभएको थियो । बागलुङको शैक्षिक , सामाजिक र व्यवसायीक जागरणमा श्रेष्ठको योगदान उल्लेख्य रुपमा लिइन्छ ।

विसं १९९७ मा विद्यामन्दिर मावि र २००३ सालमा विद्यामन्दिर पुस्तकालय स्थापनामा श्रेष्ठले अगुवाइ लिनुभएको थियो ।विस २००७ सालमा गठन भएको बागलुृड युवक संघको सचिव श्रेष्ठ हुनु हुन्थ्यो भने अध्यक्ष टिकाबहादुर मल्ल थियो । यो संगठनले तत्कालिन युवाहरुमा जन चेतना जगाउन र सामाजिक सुधारको काम गरेको नागरिक अगृुवा काजिगाउले श्रेष्ठले बताए। उहाँले विद्यामन्दिर माविमा १४ वर्षसम्म अध्यापन समेत गर्नुभयो । विसं २०१० मा विद्यामन्दिर पुस्तकालयको पहिलो निर्वाचित अध्यक्ष समेत बन्नुभएको थियो ।

व्यापारीक पृष्ठभूमिका श्रेष्ठले विसं २०२० सालमा शिव कुमार प्रधानको नेतत्वमा बनेको बागलुङ उद्योग वाणिज्य संघको संस्थापक सचिव समेत भएर काम गर्नुभएको थियो । कुनै बेला राजनीतिक गतिविधिमा पनि सक्रिय श्रेष्ठ पछिल्लो समय अध्यात्म चिन्तनमा व्यस्त हुनुहुन्थ्यो । शिक्षा र समाजसेवाका क्षेत्रमा योगदान पु¥याएबापत श्रेष्ठलाई सार्थक प्रकाशनले गत वर्ष अभिनन्दन समेत गरेको थियो ।

मिलनसार र सरल स्वभावका श्रेष्ठ बागलुडको नेवार समुदाय र बागलुडको दोस्त्रो पुस्ताका सचेत युवा हुनु हुन्थ्यो ।उहाको योगदानलाई हामीले सधै सम्भि रहनु पर्छ ।उहाको निधनले शिक्षा क्षेत्रलाई अपुुरनिय क्षेति पुगेको नेपाल भाषा मंका खल बागलुडको पुर्व अध्यक्ष महेशचन्द्र प्रधानले नया विश्वलाई बताए ।
सोही प्रकाशनबाट उहाँको ‘शिक्षा एवम् समाजसेवी कुलप्रसाद श्रेष्ठ व्यक्तित्व र योगदान’ नामक ग्रन्थ पनि प्रकाशित छ । भक्ति सङ्गीतमा रुची राख्ने श्रेष्ठ बागलुङको सांस्कृतिक गतिविधिमा पनि कृयाशिल हुनुहुन्थ्यो । बागलुङले शैक्षिक तथा सामाजिक अभियान्ता गुमाएको नेपाल भाषा मंका खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले प्रतिक्रिया दिनुभयो ।

विसं १९८३ माघमा जन्मनुभएका श्रेष्ठकी धर्मपत्नीको यसअघि नै निधन भइसकेको छ । उहाँका छ छोरा र दुई छोरी हुनुहुन्छ । श्रेष्ठको आजै कालिगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung