नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालकएवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङकाअध्यक्ष चण्डिप्रसादशर्मा पौडलले अवका सहकारी संस्थाहरुले बचत र ऋणको मात्रकारोवार गर्ने हो भने संस्था बन्द गरिदीए हुने बताएका छन् ।
जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङ स्थित त्रिवेणि बचत तथा ऋण सहकारी संस्थालि. बागलुङको १२ औं वार्षिक साधारण सभालाई सम्वोधनगर्दै प्रमुख अतीथि पौडेलले सो कुरा बताएका हुन ।
कुनै समय बचत र ऋणको मात्रकारोवार गर्दा पनि सहकारी संस्थामा जनताहरुको आकर्षण रहेको भएतापनि अहिले त्यस्तो अवस्था नरहेको पौडेलले बताए । कुनै समय जनताहरुको पहुँचमा बैंक तथा वित्तीय संस्थाहरुको उपलब्धता नहुँदा सहकारीमा सबैको आकर्षण रहेको बताउदै उनले अहिले त्यस्तो स्थिती नरहेकाले सहकारी संस्थाले बचत तथा ऋणको कारोवर संगै सदस्यहरुको भावाना र आवश्यकता बुझेर आफ्ना नीति तथा कार्यmमहरुको तर्जुमा गर्नुपर्ने धारण राखेको थिए ।

केही सहकारी संस्थाहरु सहकारीको दर्शनबाट विचलीतभई नाफा मुखी हुँदा धैरै राम्रो काम गरिरहेका सहकारी संस्थाहरु ओझेलमा पर्न गएको भनाई राख्दै पौडेलले सहकारीले गरेका राम्रा कामहरुको प्रचार प्र्रसार हुन नसकेकाले सहकारी प्रति जनमानसमा नकरात्मक भावना पैदा भएको बताए । यो नकरात्मक भावनालाई चिर्नका लागि सहकारी संस्थाका व्यक्तिहरुले बद्लीदो परिवेश अनुसार नीतिविधि, प्रविधि र सदस्यहरुको चाहाना अनुसार सञ्चालन गर्नुपर्ने बताएका थिए ।
फरक प्रसंगमा पौडेलले नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा धैरै भएकाले एकीकरणको विकल्प नभएको बताए । साना साना सहकारी संस्थाहरुले सदस्यहरुको चाहानाअ नुसारको सेवा सुविधा प्रदान गर्न नसक्ने
र अन्तराष्ट्रिय स्तरमा नेपालको सहकारी अभियानलाई चिनाउन नसकिने बताउदै एकीकरणको विकल्पन नरहेको पौडेलको भनाई थियो ।
कार्यक्रममा ढोरपाटन नगरापालिका वडा नं. १ का अध्यक्ष चीत्रवहादुर भण्डारी, परिवर्तन एफ् एमका स्टेशनम्यानेजर रामनाराण सुवेदी, सिवाईसी साकोस सदस्य सेवा केन्द्र बुर्तिवाङका पसंयोजक गण्डकी थापा अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले साधारण सभाको अवसर पारी असल कारोवारी सदस्य, असल बचत कर्ता, असल ऋणी, सदस्यका छोरा छोरीहरु मध्येवाट उत्कृष्ट शैक्षिक पुरस्कार लगाएतक विभिन्न विधामा सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

बुर्तिवाङ क्षेत्रकै अग्रणी संस्थाको रुपमा रहेको त्रिवेणी साकोमा ५२१ जना शेयर सदस्य, १ करोड ३३ लाख शेयर पुँजी, १० करोड७३ लाख बचत, १० करोड ५५ लाख लगानीमा रहरिहेको ऋण र १२ करोड २६ लाख बराबरको सम्पत्ती रहेको छ । संस्थाले यस आ.व. मा १ करोड ६४ लाख आम्दानी र १ करोड ४९ लाख खर्च गरी खुद बचत १४ लाख ४१ हजार गरेको संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायले जानकारी दिए ।
साधारण सभामा संस्थाका सचिव कृष्णकुमारी आचार्यद्धारा प्रस्तुत आ.व. ०७४।०७५ को प्रगती प्रतिवेदन र आ.व. ०७५।०७६ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष हिरालाल खनाल द्धारा प्रस्तुत आ.व. ०७४।०७५ को आर्थिक प्रगति र आ.व. ०७५।०७६ को अनुमानीत आयव्यय व्यापक रुपमा छलफल भई सर्व सम्मती बाट पारीत भएको छ । साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता, उपाध्यक्ष उत्तमवहादुर महतको स्वागत र सचिव कृष्णकुमारी आचार्य र सह सवि ऋतुवर्ण पौडेलको सञ्चालनमा सम्पन्नभएको थियो ।



















































































































































































































