११ कार्तिक २०८३, मंगलवार

 

पश्चिम दरवाङको २६ करोड लगानी

 मालिका गाउँपालिका ६ दरवाङमा रहेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड रुपैया भन्दा बढी लगानी गरेको छ । संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले शनिबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा २७ करोड ८२ लाख ३३ हजार ८२४ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले २६ करोड ४१ लाख नौ हजार ९३२ रुपैयाँ लगानी गरेको जानकारी दिए ।

चार हजार ८९० जना सेयर सदस्यको चार करोड ४० लाख ९७ हजार २०० रुपैया पुँजी रहेको सरकारी संस्थाले तत्कालीन दरवाङ र पश्चिम म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको एकिकरण भएपछि २०७५ जेठ १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । दुई वटै संस्थाको गत आवको खुद नाफा छ करोड ५० लाख ५३१ रुपैयाँ रहेको जानकारी गराइएको थियो ।

सहकारीले अत्याधुनिक प्रबिधिको प्रयोग गरेर मोवाईल एप्स, एसएमएस, मोवाइल टपअप मार्फत वित्तीय सेवा दिएको लेखापाल सन्तोष शर्माले जानकारी दिए। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य रामबहादुर जिसीले सहकारीले उत्पादनमूलक क्षेत्रको पहिचान गरेर लगानी बढाउनुपर्ने बताए ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र वडा अध्यक्ष सन्तोष सुवेदीले सहकारी संस्था खुलेपछि ग्रामिण क्षेत्रको आर्थिक कारोबारमा सहज भएको बताए । साधारणसभाको अवसरमा सहकारीका सल्लाहकार मोतीराज गौतम, लेखा समिति संयोजक गिरीप्रसाद छन्त्याल, गरिमा विकास बैंकको दरवाङ शाखा प्रमुख नारायण शर्माले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, सहसचिव बालकृष्ण शर्माको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको अवसरमा सहकारीको भवनको समेत उद्घाटन गरिएको थियो । साधारणसभाले एकीकरणपछि बनेको सञ्चालक समितिलाई अनुमोदन गरेको छ ।


सुरेन्द्रराज शर्मा अध्यक्ष, भिमप्रसाद गौतम उपाध्यक्ष, लेकबहादुर पुन सचिव, बालकृष्ण शर्मा सहसचिव र कृष्णप्रसाद आचार्य कोषाध्यक्ष रहनुभएको सञ्चालक समिति सधारणसभाबाट अनुमोदन भएको हो । समितिका सदस्यहरुमा दिवाकर सुवेदी, मायादेवी शर्मा, थमन गौतम, हरिकला थापा कमलनाथ शर्मा, दुर्गाप्रसाद बुढा रहनुभएको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले बताए ।

गिरीप्रसाद छन्त्यालको संयोजकत्वमा चुडामणी सापकोटा र जगत सापकोटा सदस्य रहनुभएको लेखा र भिमप्रसाद गौतमको संयोजकत्वमा कलनाथ शर्मा र दिवाकर सुवेदी सदस्य रहनुभएको ऋण समितिले निरन्तरता पाएको छ । आर्थिक कारोबारका हिसाबले दरवाङका दुई सहकारी संस्थाको एकिकरण पछि बनेको संस्थाले अन्य संस्थालाई पनि एकिकरणमा सहभागि बनाउने र सेवा क्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung