बागलुङ जिल्ला बचत तथा ऋाण सहकारी संघ लि. बागलुङको आयोजनामा शनिवारदेखि जिल्लामा क्रियाशिल सहकारी संस्थाका व्यवस्थापकहरुका लागि क्षमता अभिबृद्धि तालिमको सुरुवात भएको छ ।सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुलाई तालिमको माध्यमवाट दक्ष र क्षमतावान बनाई जिल्लाको सहकारी अभियानलाई उचाईमा पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन नेफ्स्कूनका सञ्चालक एवं संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।
उद्घाटनका क्रममा बोल्दै पौडेलले सहकारी संस्थामा व्यवस्थापकहरुको महत्वपूर्ण भूमिका हुने बताउदै समय सापेक्ष रुपमा आफुलाई दक्ष बनाईराख्नुपर्ने बताए । जिल्ला बचत संघले सहकारी संस्थामा कार्यरत सञ्चालक समिति उपसमिति र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि विविध तालिमहरु आयोजना गर्ने गरेतापनी यहाँको सहकारी संस्थाहरुले तालिमलाई प्राथामीकता नदिएको उनको भनाई थियो । जन्मदै कोही पनी जान्ने नहुने बताउदै पौडेलले अध्ययन अवलोकन, तालिम तथा शिक्षाबाट जो कोही पनी दक्ष हुने भन्दै जिल्ला बचत संघ यही अभियानमा लागिरहेको समेत बताए ।
कार्यक्रममा प्रशिक्षक कल्याणकारी साकोस लुगुका प्रवन्धक कुमार खत्रीले मन्तव्य राखेका थिए । दुई दिनसम्म सञ्चालन हुने तालिममा बागलुङ र म्याग्दी जिल्लाका २२ वटा संस्थाका २७ जनाको उपस्थिती रहेको छ ।तालिम कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता लेखा समिति सदस्य संगिता शर्मा पौडेलको स्वागत र सञ्चालक गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































