१७ बैशाख २०८१, सोमबार

 

इजरायली हाइटेक प्रविधिमार्फत तरकारी खेती गर्दै खत्री

बिदेशमा सिकेको प्रविधि प्रयोग गरि बागलुङ गल्कोटका एक किसानले कृषि खेती सुरु गर्नुभएको छ । स्वदेशमा नै लगानी गरि प्रविधिको प्रयोग मार्फत गल्कोट नगरपालिका ६ हरिचौका ४१ बषिर्य गुमानसिंह खत्रीले कृषि खेती गर्दै आउनुभएको छ । बिदेशमा श्रम खर्च गर्नुभन्दा आफनो ठाउ“मा नै मेहनत गर्दा राम्रो आम्दानी हुने भन्दै खत्रीले बिदेशी प्रविधि मार्फत तरकारी खेती गर्दै आउनुभएको छ । खत्रीले इजरायली हाइटेक प्रविधिको टनेल निमार्ण गरि तरकारी उत्पादन गर्दै आउनुभएको छ । १५ लाख रुपैय“ा लगानीमा ठुला र साना गरि चार वटा टनेल मार्फत तरकारी खेती गर्दै आएको खत्रीले बताउनुभयो ।

तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथे इजरायली हाइटेक प्रविधिको टनेलबाट बार्षिक ६ लाख रुपैय“ा आम्दानी गर्न सफल भएको उहाको भनाइ छ । कृषि मन्त्रालय कृषि मन्त्रालय अन्तर्गत संचालित व्यवसायीक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) बाट लाख रुपैय“ा अनुदान र जिल्ला कृषि विकास कार्यालय बागलुङको प्राविधिक सल्लाह लिदै आएको खत्रीले बताउनुभयो ।
इजरायली हाइटेक प्रविधिको टनेल एवं थोपा सिंचाई प्रविधिवाट तरकारी खेती गर्दा उत्पादन पनि सोचे भन्दा बढि र राम्रो हुने गरेको उहाले बताउनुभयो । इजरायली टनेलमा चिसो, गर्मी एवं हावाको सन्तुलन मिलाउन सक्ने क्षमता हुने गरेको छ,खत्रीले भन्नुभयो, यस प्रविधिबाट गुणस्तरीय तथा धेरै मात्रामा तरकारी उत्पादन गर्न सकिने छ ।

खत्रीले अहिले टमाटर, सिमि बोडी, खुर्सानी तथा साग उत्पादन गर्दै आउनुभएको छ । विदेशी प्रविधि मार्फत खेती गर्दा राम्रो भएको छ,खत्रीले भन्नुभयो ,अब यसको प्रयोग अन्त्र क्षेत्रमा समेत गर्ने छु । आफुले सिकेको सिपलाई अन्य किसानलाई समेत जानकारी दिदै आएको खत्रीले बताउनुभयो । थोपा सिंचाईको साथै नजिकैको खोलाबाट शुन्य शक्ति बर्ष पम्पको माध्यमबाट पानी ल्याउनुभएको छ । खत्रीले उत्पादन गरेको तरकारी गलकोट बागलुङ बजार, खर्वाङमा खपत हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्