बाग्लुङ जिल्लाको काँठेखोला ५ बिहुँ काउलेमा गत असार १२गते को भिषण बर्षा संगै जमिन भासिएर पिडित बनेका काउँले का १४परिवार लाई स्थाई बसोबास गर्ने उदेश्यले बाग्लुङ समाज क्यानडाका संयोजक दुर्गा अधिकारीको संयोजन मा संकलित रु १ लाख रुपैयाँ सोहि समाजका सदस्य पशुपति न्युरेले आज एक कार्यक्रम को आयोजना गरि हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रममा संकलित रकम बुझ्दै वडा अध्यक्ष शिव प्रसाद कडेंल ले आफुलाई सामाजिक अभियनता खिमान्न्द कडेंल सेलिब्रेटि हुनखोजेको र प्रचार मुखि सहयोगमा तल्लिन भएको भनेर बद्नामी गराउन खोजेको भन्दै सामाजिक अभियनता भएकै भरमा मलाई गलत प्रचार गरिनु दुखद बिषय भएको बताउदै आफुँ सधै जनताको दुख र सुखमा साथ दिईएको र अब को बाँकि दिन पनि जनताकै सारथि भएर बाँच्ने उद्योष गरेका छन्।
वडा अध्यक्ष कडेंलले भने उनले गरेको सबै काम राम्रो होला विभिन्न व्यक्तिको संहयोग संकल गरेहोलान तर कुनैपनि ब्यक्तिको नाममा पहिरो पिडितको नाममा संहयोग संकल गर्नु अघि वडा कार्यालयलाई जानकारी गराईनु पर्ने भन्दै आफुँ सरकार र जनता को प्रतिनिधि भएकाले बिधिले चल्नु पर्ने अरुलाई पनि विधि संम्वत गर्न निर्देश समेत दिईएका छन्।
उनले भने पहिरो पिडितहरुलाई तत्कालै देखि अहिले सम्म पनि साथ दिईरहेको बताउदै गाउं आर्थिक संकलन गरेन भनेर गलत प्रचार गर्नु तर्क सम्वत नभएको बताउदै बिदेशमा रहेका विभिन्न संध संस्था र ब्यक्तिहरुलाई आफुले पनि टेलिफोन मार्फत सहयेग गर्न अपिल गरेको समेत उनको कथन थियो। उनिहरुको लागि तत्कालै ३वटा घडेरीहरु हेर्ने काम भईरहेकाले सरकार समक्ष यो संमस्या सामाधान को लागि पहल गर्न समेत सिफारीस गरिएको बताए।



















































































































































































































