प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कुश्मा बजारमा एक घण्टा चक्का जाम गरेको छ ।
मंगलबार गुप्तेश्वर क्याम्पस गेट अगाडी एक घण्टा नेपाल विद्यार्थी संघले चक्का जाम गरेको हो।
प्रधानमन्त्री ओलीको तस्वीर प्रयोग गरेर कार्टून बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरेका काभ्रेका कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै संघले सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ। सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन समेत गरेको थियो ।
ढकालको तत्काल रिहाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिँदै आएका छन्।
नेपाल विद्यार्थी संघ गुप्तेश्वरका अध्यक्ष शिशिर शर्मा, नेपाल दलित संघ पर्वतका अध्यक्ष यामबहादुर परियार(शिव), नेपाल विद्यार्थी संघ नारायाण मावि कुश्माका अध्यक्ष अजय पोख्रेल, स्ववियू कार्यबहाक अध्यक्ष सन्तोष पाठक, जिल्ला उपाध्यक्ष किशोर सुवेदी र सचिव बरदान पौडेलको नेतृत्वमा चक्का जाम गरिएको हो ।



















































































































































































































