१० कार्तिक २०८३, सोमबार

 

मन्दिर पुननिर्माणका लागि प्रवासीले गरे ४ लाख सहयोग

काठेखोला गाउपालिका–६ बिहुँ स्थित परमेश्वर राममन्दिर पुननिर्माणका लागि ४ लाख रुपैयाँ रकम प्राप्त भएको छ । बिहुँकोट समाज जापान र कान्साई क्षत्रिय समितिद्वारा संकलित उक्त रकम मंगलबार आयोजित एक कार्यक्रमकावीच बिहुँकोट समाज जापानका उपाध्यक्ष ईन्दलाल सुवेदीले मन्दिरका अध्यक्ष टीकाराम कँडेललाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बिहुँकोट समाज जापानका उपाध्यक्ष सुवेदीले मन्दिर व्यवस्थापन समितिको अनुरोधमा सो रकम संकलन गरी हस्तान्तरण गरिएको बताएका थिए । सो अवसरमा कान्साई क्षत्रिय समितिका अध्यक्ष कृष्ण सुवेदीको पनि उपस्थिति रहेको थियो ।

सो मन्दिर २०७२ सालको महाभूकम्पले भत्किएर क्षतीग्रस्त बनेको थियो । आर्थिक रकम अभावका कारण पुननिर्माणको हुन सकेको थिएन । हस्तान्तरण समारोहको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम कंडेल, स्वागत मन्तव्य समितिका सचिव हरिप्रसाद कँडेल र सञ्चालन कोषाध्यक्ष थानेश्वर कँडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung