गलकोट दुदिलाभाटीका कृषक मिन बहादुर खत्रीले मिनिटेलरबाट मनग्य आम्दानी गरेका छन् । हिउँदे बाली लगाउने बेला भएको यो मौसममा उनले झण्डै एक लाख भन्दा बढी आम्दानी गरेका छन् ।
स्थानीय खेतबारीमा गौ, तोरी, आलु छर्ने बेला भएको मौकामा उनलाई खेतबारी जोत्न भ्याइनभ्याई छ । गलकोट नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा ५२ हजार पर्ने पावर मिनिटेलर उनले २६ हजारमा खरिद गरेका थिए ।
मिनिटेलर खरिद गरेसँगै उनले आफ्नो २ रोपनी खेतबारीमा तरकारी खेती समेत गरेका छन् । यसले आफूलाई थप सहयोग भएको उनले नयाँ विश्वसँग बताए ।
। पहिले तरकारी खेति गर्न एक सिजनमा करिब १ सय जना भन्दा बढि कृषक आवश्यक पर्नेमा अहिले आफनै परिवारले मात्रै तरकारी खेति गर्न सफल भएको उनको तर्क छ । पावर मिनिटेलरबाट उनले आफूलाइ मात्रै नभई स्थानीयबासीलाई समेत काम गर्नको लागि सहज भएको बताए ।
उनले आफ्नो काम भ्याएर अहिले छिमेकीको खेती लगाइदिएर मनग्ये आम्दानी गर्न सफल भएका छन् ।
खत्री भन्छन् ’१० दिन सम्म लगाएर रोप्ने खेत एकै दिनमा सक्ने भएका छौ । उहाँ र उहाँको परिवार अहिले हलगोरु पाल्ने चिन्ताबाट मुक्त भएका छन् । मिनिटेलरले गर्दा निकै सहज भएको उनले बताए ।
अहिले हिउँद भरी लगायर रोप्ने खेतबारी समयमै रोपेर सकिन्छ मिनिटेलरले गोरु पाल्ननपर्ने र घाँसको पनि केहि पीर छैन । २६ हजारमा किनेको मिनिटेलरले काम दिनुको साथै कमाइ पनि गरिदिएको बताउनुहुन्छ । गत जेठ महिनामा गलकोट नगरपालिकाले नगरभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको थियो ।
खत्रीका अनुसार एक दिनमा करिब ७, ८ घण्टा जोत्ने भएका कारण दिनमा ५ हजार सम्म आम्दानी हुने गरेको बताए । मिनिटेलरमा एक घण्टामा १ लिटर डिजेल प्रयोग लाग्ने गरेको छ । आफुलाई आवश्यक परेर ल्याएको भएपनि अहिले दुदिलाभाटीका कृषकहरुलाई सहज भएको खत्रीको भनाई छ ।
खत्रीले अहिले आफनो बारीमा बन्दा, काउली, मुला, गाजर, सिमी लगायतका तरकारी बाली लगाउनुभएको छ । गत २ बर्षदेखि उनी ब्यवसायीक रुपमा कृषि पेसामा लागेका हुन् ।





























































































































































































