१० कार्तिक २०८३, सोमबार

 

सिमलचौरका डुवान पीडितलाई राहत

ढोरपाटन नगरपालिकमले तुरतुरे पहिरोका कारण बनेको तालले डुवानमा परेका वडा नं. २ सिमलचौरका डुवान पीडितलाई राहत रकम हस्तान्तरण गरिएको छ ।ढोरपाटन नगरपालीकाले पिडीतहरुलाई राहत वितरण गरेको हो ।

गत भाद्र २९ गते राति खसेको तुरतुरे पहिरोका कारण बडिगाड खोला थुनिएर सिमलचौरका ४ घर परिवारको घर गोठ डुवानमा परेको थियो । घर डुवानमा परेका देविराम कुमाललाई ७५ हजार, कृष्ण कुमाललाई ५० हजार, चुडा बहादुर कुमाललाई ४० हजार, र अर्का डुवान पीडित दुर्गा बहादुर कुमाललाई २५ हजार रुपैयाँ नगर प्रमुख देवकुमार नेपालीले हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख नेपालीले यस अघि घर डुवानमा परेकाहरुकालाई घर बनाईदिने तथा गोठ डुवानमा परेकाहरुका लागि गोठ छाउने जस्तापादा दिने आफुले यसअघिनै घोषणा गरेको बताउदै , सोही घोषणा अनुसार तत्कालै सो काम सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung