९ कार्तिक २०८३, आईतवार

 

महिला हित सहकारीको स्थापना दिवशमा १५ नयाँ शेयर सदस्यलाई स्वागत

महिला हित सहकारीको स्थापना दिवशमा १५ नयाँ शेयर सदस्यलाई स्वागतगरिएको छ ।सहकारीको १८ औ स्थापना दिवशमा विभिन्न कार्यक्रम सहित आज मुल समारोहको आयोजना गरिएको थियो ।समारोहमा विस २०५८ सालदेखिको सहकारीको प्रगति झल्कने डकुमेट्री प्रदर्शन गरिएको थियो ।

सहकारीले महिला दिदी बैनीहरुको हितमा विभिन्न आर्थिक र सामाजिक कार्यक्रम ल्याउन थाले पछि यो सहकारी नारीहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । शहर र गाउँमा बस्ने विपन्न महिलाको बारेमा चिन्तन र आर्थिक कार्यक्रम यस सहकारीले ल्याएको सहकारीको अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताए ।

सहकारीबाट आर्थिक कारोबार गरेर धेरै महिलाहरुको जीवनस्तरमा परिर्वतन आएको अध्यक्ष खड्काले जानकारी दिइन ।कार्यक्रममा सहकारीको सल्लाहाकार केवि राना मगर ,संजिवनि सहकारीको अध्यक्ष डिलबहादुर कार्की ,राष्ट्रिय उपभोक्ता मंचको अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ,संस्थापक सल्लाहकार खड्क कुमारी खड्का ,वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा,लक्ष्मी जिसी कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्व प्रवन्धक सावित्रि केसीलाई सम्मान गरिएको थियो। घैटोफोर प्रतियोगिताको विजेता प्राणेश्वरी शाक्यलाइ पुरस्कृत गरिएका थियो भने बाल कलाकारहरुले नृत्य प्रस्तुत गरेका थियो ।सहकारीको अध्यक्ष लिला देवी खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष लक्ष्मी जिसी केसी र संचालन सचिव शाति ज्ञवालीले गरेकी थिइन ।

विस २०५८ सालमा २५ जना शेयर सदस्यबाट शुरु भएकोे यस महिला हित सहकारीको कुल शेयर पुजी २ करोड २१ लाख, ९ हजार ९ सय पुगेको छ । शेयर सदस्यहरु ६९५ जना रहेको यस सहकारीले गत कार्तिकसम्म २३ करोड कारोबार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung