१० कार्तिक २०८३, सोमबार

 

पत्रकार महासंघ बागलुङले ग¥यो १२ प्रस्ताव सर्वसम्मत पारित

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङको ११ औं साधारणसभाबाट १२ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् । शनिबार भएको महासंघको ११ औं साधारणसभा १२ वटा प्रस्तावहरु सर्वसम्मत रुपले पारित गरेको हो ।
महासंघले पारित गरेका प्रस्तावहरु यस्ता छन् ।

१) सरकारले जारी गरेको आम संचार माध्यममा कार्यरत पत्रकार र कर्मचारीहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने तथा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्न र गराउन सबै संचार माध्यमहरुलाई आग्रह गर्नुका साथै पारिश्रमिक नपाएका सबै पत्रकारलाई महासंघमा लिखित उजुरी गर्न समेत आग्रह गर्ने र सबै पत्रकारलाई नियुक्तीपत्र लिएर मात्र काम गर्न आग्रह गर्दछ ।

२) महासंघको केन्द्रीय, प्रदेश र जिल्ला नेतृत्व चयनका लागि पार्सद मार्फत गरिने महाधिवेशनमा देखिएका विकृति विसंगती अन्त्य गर्दै सदस्यता शुद्धिकरण अभियानमा समेत सहयोग पु¥याउन प्रत्यक्ष निर्वाचन प्रणाली अबलम्वन गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछ ।

३) पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिम संचालन गर्ने, खोज, अध्ययन, अनुसन्धान गर्नका लागि सरकार र सम्बद्ध संघसंस्थासँग माग गर्ने तथा त्यस्तो माग मार्फत प्राप्त हुने सहयोग अधिकार हुन् भन्ने समेत बोध गर्न÷गराउन आग्रह गर्दछ ।

४) नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा विधान सभाको रुपमा आयोजना र उक्त साधारणसभा गण्डकी प्रदेशमा गर्न केन्द्रीय समितिसँग माग गर्दछ ।

५) जिल्ला भित्रका सरकारी विज्ञापनलाई जिल्लाकै संचार माध्यमबाटै प्रकाशन, प्रसारण गर्न स्थानीय तह र जिल्लाका सम्पूर्ण सरकारी कार्यालयसँग माग गर्दछ ।

६) प्रेस पास उपलब्ध नभएको, नविकरण नभएको लगायतका समस्याले पत्रकार बिमा कार्यक्रममा सहभागिता हुन नपाएका पत्रकारहरुको लागि लक्षित गरेर छिमेकी जिल्लालाई समेत समावेश गर्ने गरी प्रेस पास शिविर संचालन गर्न यो साधारणसभा माग गर्दछ ।

७) नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान संचालन गर्ने सन्दर्भ र व्यावसायिक पत्रकारिताको विकास र स्वतन्त्र प्रेसको ग्यारेन्टी दिलाउने अभियान संचालन गर्न महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखालाई आग्रह गर्ने निर्णय गर्दछ ।

८) संचार माध्यमहरुमा आएका कतिपय सामाग्रीका कारण पत्रकारलाई हेर्ने दृष्टीकोणमा असर परेको कुरालाई मध्यनजर गर्दै संचार सामाग्रीहरु व्यवस्थित र स्तरीकरण गर्न पत्रकार तथा आमसञ्चार माध्यमलाई आचारसंहिता पालनामा गम्भीर बन्न आग्रह गर्दछ ।

९) ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा सहयोग गर्नुहुने नेपाल सरकारका सबै तह तथा निकाय, देश विदेशमा रहेको संघसंस्था र व्यक्तिलाई यो साधारणसभा धन्यवाद सहित भवनको पूर्णताका लागि समेत सहयोगका लागि आग्रह गर्दछ । साथै, महासंघका शाखा कोषाध्यक्ष विजय रानाको उपचारका लागि सञ्चालित सहयोग अभियानमा समेत आर्थिक सहयोग गर्ने सबै महानुभाव र संघसंस्थाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

१०) नेपाल को संविधान २०७२ ले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तर संवैधानिक अधिकार प्रयोग गर्दै समाचार सम्प्रेषण गरेकै भरमा पटक पटक पत्रकार, स्तम्भकार र संचरकर्मीलाई गरिने दुव्र्यवहार, भौतिक तथा मनोबैज्ञानिक आक्रमण जस्ता घटना तत्काल अन्त्य गरियोस् । त्यस्ता घटनामा नेपाल सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने यो साधारणसभा निर्णय गर्दछ ।

११) नेपालको संविधान २०७२ मा उल्लेखित प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत गराउने कानूनी आधार निर्माण गर्न मुलुकी देवानी तथा फौजदारी ऐनमा उल्लेखित प्रेस स्वतन्त्रता जिरोधी धाराहरु संशोधन गर्न सरकारसँग माग गर्दछ ।

१२) देशमा संघीयता लागू भैसक्दा समेत प्रेस रजिष्ट्रार, प्रेस पास उपलब्ध गराउने सूचना विभाग, प्रेस काउन्सिल र प्रेस आयोगहरु केन्द्रीकृत छन् । त्यसबाट पत्रकार र संचारमाध्यमहरुले सास्ती खेपेका छन् । त्यसैले तत्काल त्यस्ता संस्थाहरु कम्तीमा प्रदेश स्तरमा स्थापना गर्न माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung