निसीखोला गांउपालिकाले प्रत्यक वडामा पुगेर उपभोक्ता समिती सम्बिन्ध अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । गत बर्ष पहिलो अभ्यास भएका कारण उपभोक्ता समितीलाई कुनै बिषयमा पनी जानकारी गराउन नसक्दा कार्य सम्पादनमा असहजता भएपछि यसबर्ष प्रत्यक वडाका उपभाक्ता समितीलाई तालिम दिन थालिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आर्चायले बताए ।
उनका अनुसार उपभोक्ता समिती गठन प्रकृया, समितीको काम कर्तव्य, कागजि प्रकृया, आर्थिक कारोबारको अवस्था, योजना अनुगमनका लागि व्यवस्था, योजना सम्पन्न भईसकेपछि फरफारक प्रकृया सार्वजनिक लेखा परिक्षण लगाएतका समसामहिक बिषयमा अभिमुखिकरण गरीएको हो । गत मंसिर ३ गतेदेखि सुरु भएको कार्यक्रम अन्र्तगत आज वडा नं ४ मा सम्पन्न भएको थियो ।
उक्त अवसरमा वडा अध्यक्ष टिकानिधी पौडेलको अध्यक्षता, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको हो । पौडेलले बोल्दै गाउँपालिकाको विकास निर्माण पारदर्शी कार्य सम्पादनका निम्ती उपभोक्ता समिती गठन संगै काम कर्तव्यको बिषयमा जानकारी गराउने अभियान थालिएको बताउँदै यस्तो अभियानले योजना सम्पादनमा सहजता पुग्ने बिश्वास बताए । उक्त अवसरमा स्थानिय बासिबाट उठेका प्रश्न र सुझाबको समेत प्रमुख अतिथी पौडेल र प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आर्चायले सहजिकरण गरे ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आर्चायको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रमा वडा नं.३ का अध्यक्ष जुनबिक्रम शाहि, ईन्जिनीयर सुमन्द्ध्र शाहि, प्रहरी नायब निरीक्षक रिणबहादुर बैदावार, लगाएतको आतिथ्यता रहेको कार्यक्रममा उपभोक्ता समिती गठन प्रकृया र काम कर्तव्यको बिषयमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आर्चाय, नायब सुब्बा पुरसुत्तम गौतम, ईन्जिनीयर समुन्द्र शाहिले अभिमुखिकरण गरे ।
कार्यक्रम वडा अध्यक्ष टिकाराज न्यौपानेको स्वागत नासु पुरसुत्तम गौत्मको सञ्चालमा सम्पन्न भएको थियो । स्थानियको तर्फदेखी भानीकला रेग्मी र उमानन्द रेग्मिले बोलेका थिए । हालसम्म निसीखोला १, ३ ,४ र ७ वडामा कार्यक्रम सम्पन्न भईसकेको बताउँदै अन्य वडाहरुमा यहि मंसिर १५, १६ र १७ गते कार्यक्रम गरीने बताईएको छ ।



















































































































































































































