नवरत्न बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुरको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिसीले सहकारी क्षेत्रलाई उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा लगाउन सकेमा मात्रै सहकारीको योगदान राज्यले अपेक्षा गरे बमोजिम हुने बताए ।
सहकारीका सदस्यलाई उत्पादनसंग जोड्ने, उनीहरुले उत्पादन गरेका वस्तुहरु सहकारी संस्थाहरुले संकलन, बजारीकरण र प्रशोधन गर्न सकेमा आयात प्रतिस्थापन गरी आर्थिक विकास गर्न सकिने उनको भनाई थियो ।
उत्पादनमा लागेका सदस्यहरु पनि उत्पादनलाई बजारसम्म पु¥याउन नसकेर उत्पादन क्षेत्रबाटै पलायन हुने अवस्था रहेको भन्दै जिसीले सदस्यहरुलाई उत्पादनका लागि प्रोत्साहन दिने तथा उनीहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरणका लागि स्थानीय तहसंग समन्वय गरेर सहकारीहरुले काम गर्नु पर्नेमा उनको जोड थियो ।
साधारणसभा नवरत्न बहुउद्धेश्यीय सहकारीका अध्यक्ष हेम बहादुर खत्रीको अध्यक्षता, सह–सचिव संगिता क्षेत्रीको स्वागत र सचिव देव बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
संस्थाले गत आर्थिक वर्षमा ३८ करोड ६ लाखको कारोबार गरेको कोषाध्यक्ष प्रेमबहादुर क्षेत्रीले बताए ।
हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिगाना र नवरत्न बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण पछि बनेको नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका जनतालाई विभिन्न खाले सेवा दिदै आएको छ ।



















































































































































































































