११ कार्तिक २०८३, मंगलवार

 

ढोरपाटन आगोलागी पीडितलाई रेडक्रसको सहयोग

बागलुङ । ढोरपाटन नगरपालिका ९ नविमा गत आइतबार (मंसिर ९) आगोलागीबाट क्षति भएका पीडित परिवारलाई रेडक्रस बागलुङले सहयोग गरेको छ ।

बुधबार रेडक्रस बागलुङ शाखाले बोबाङमा पुगेर ३९ घर परिवारलाई २ लाख बराबरको राहत समाग्री वितरण गरेको हो ।

रेडक्रसले त्रिपाल, कम्मल, पकाउने खाने, भाँडा सेट, महिला पुरुषका लागि काँचो कपडा, सारी पाँच पाच सेट, बाल्टी, प्लाष्टिक डोरी लगायतका समाग्री वितरण गरेको रेडक्रस बागलुङका उपसभापति राजेन्द्र आचार्यले नयाँ विश्व विश्वलाई जानकारी दिए ।


राहत वितरणमा कोषाध्यक्ष श्रीधर कँडेल, उपमन्त्री गण्डकी थापा अधिकारी बुर्तिबाङ उपशाखा सभापति मेषलाल शर्मा, भिङगिठे उपशाखा सचिव माया केसी, नविन गौतम ढोरपाटन प्रहरी चौकी प्रमुख कृष्णबहादुर चुँदाली, वडा सदस्य लाल बाहादुर विक सहितको संयुक्त टोलीले राहत समाग्री वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung