११ कार्तिक २०८३, मंगलवार

 

तिम्लाह शिशुको उपचारका लागी गाउँले जुटाए लाखौ रुपैयाँ

म्याग्दी । धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाख आर्थिक सहयोग भएको छ ।

उपचारमा आर्थिक अभावका कारण समस्या भएको समाचारमार्फत सार्वजनिक भएपछि स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको हो ।

अहिले तिम्ल्याह शिशूको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । परियार शल्यक्रियामार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । उनीहरुको तौल छोराहरु नौ÷नौ सय र छोरीको तौल आठ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

टोल सुधार समितिको पहलमा हिलपोखरी, ताकम, काफलडाँडा, शिवाङमा सङ्कलन गरिएको रु ५७ हजार ७७० शिशुका बुबाआमा राजु र कमलालाई बुधबार हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ दरवाङ म्याग्दी, नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा, म्याग्दी उद्योग वाणिज्य सङ्घको दरवाङ एकाइले संयुक्तरुपमा दरवाङमा बुधबार घरदैलो गरेर रु २४ हजार ८३० जुटाई परियारका आफन्तलाई हस्तान्तरण गरिएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

मच्छिमको आमा समूहले रु १५ हजार सहयोग गरेका छन् । धारापानीका बासिन्दाले रु १५ हजार सङ्कलन गरेका जनाइएको छ । वडासदस्य नरकुमारी गुरुङले रु दुई हजार ५०० सहयोग गरेका छन् ।

मङ्गला गाउँपालिका–५ छिसवाङका ताराबहादुर क्षेत्रीले पनि रु दुई हजार उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung