१० कार्तिक २०८३, सोमबार

 

मुस्ताङमा आगलागी डेढ करोडको क्षती

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा बिहीबार आगोलागी हुदाँ डेढ करोड भन्दा बढीको धनमालको क्षती भएको छ ।

स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १४ कोठा रहेको घरमा लत्ताकपडा, खाद्यन्न लगायतका धनमाल रहेको बताइएको छ । जसको मूख्य एक करोड ५० लाख बराबरको क्षती भएको जनाइएको छ ।

त्यस्तै सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि रु पन्ध्र लाखको क्षति पुगेको अनुमान गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घण्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए ।

विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung