८ कार्तिक २०८३, शनिबार

 

जनता संचार सहकारीको आठौँ साधारणसभा 

सहकारी मार्फत सुचना र स्वास्थ भन्ने मुल नारासहित संचालित जनता संचार सहकारी संस्था लिमिटेड बागलुङको अाठाै साधारणसभा बागलुङमा सम्पन्न भयो ।
साधारणसभामा गण्डकी प्रदेशका सांसद सावित्री रानाले अहिले मुलुकमा ३ तहको सरकार भएको अहिले प्रदेश सरकारले काम गरिरहेकाे तर काम देखाउन नसकेको बताईन् । । अहिले प्रदेश सरकारले यश प्रदेशका जनताको समृद्धिकाे लागि लागि परिरहेकाे रानाले बताईन् । । अहिले सरकारले भने अनुसार गति लिन नसकेको कुरा सत्य भएको सांसद रानाले बताए । रानाले सरकारले राम्रो काम गरेपनि त्यसको प्रचारप्रसार हुन नसकेको धारणा राखिन् ।

सहकारी लाई अब पर्यटन संग जाेड्नु पर्ने अार्थिक समृद्ध बनाउन भुमिका खेल्न जरुरी रहेको उनलेे बताए । २०६७ सालमा ३३ जना शेयर सदस्य बाट   स्थापना भएको सहकारीमा हाल २ सय ९ जना शेयर सदस्य रहेको सहकारीको कुल शेयर रकम १ करोड २३ लाख ५ हजार ४ सय रहेको साधारणसभा जानकारी गराइएको थियोे ।

सहकारीले अार्थिक बर्ष २०७४/७५ असार मसान्तसम्म कुल ३ करोड ६२ लाख १४ हजार ५ सय ९२ काे अार्थिक काराेवार गरेको सहकारीका काेषाध्यक्ष राजु केसीले प्रस्तुत गरेका थिए । सहकारीले कर्जा लगानी बाट २९ लाख १८ हजार ५९३ ब्याज अाम्दानी भएको २८ लाख १६ हजार ८९८ रूपैयाँ ब्याज भुक्तानी गरि कुल १ लाख १ हजार ६९५ रूपैयाँ ५१ पैसा खुद नाफा गरेको काेषाध्यक्ष केसीले जानकारी गराएका थिए ।

साधारणसभा शुभकामना मन्तब्य सल्लाहकार डाक्टर रामप्रसाद शर्मा, केबी राना मगर, कबिन्द्र शर्मा सापकोटा, मुरारीदत्त शर्मा, देबबहादुर श्रेष्ठ, शेयर सदस्य अगम कुमार पालिखे मधु पाैडेलले ब्यक्त गरेका थिए ।

साधारणसभा प्रगति प्रतिबेदन सचिव राजेशचन्द्र राजभण्डारीले अार्थिक प्रतिबेदन काेषाध्यक्ष राजु केसीले प्रस्तुत गरेका थिए । सहकारीले सहकारीमा राम्रो काम काराेवार गर्ने असल बचत कर्ता तर्फ कल्पना शर्मा रातमाटा बिकास केन्द्र   लाई प्रसंसा पत्रबाट सम्मान गरिएको थियोे ।यश बर्ष एस ई ई परीक्षा तर्फ सामुदायिक बिद्यालय तर्फबाट उत्कृष्ट अंक ल्याउने    निजी बिद्यालयकाे तर्फबाट  उत्कृष्ट अंक   ल्याउने  बिद्यार्थी लाई प्रसंसा पत्र बाट सम्मान गरिएको थियो ।

कार्यक्रमकाे अध्यक्षता जनता संचार सहकारी संस्था लिमिटेड का अध्यक्ष हिमाल प्रसाद शर्माले स्वागत सहसचिव तुलसी सापकोटा संचालन सचिव राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung