५ श्रावण २०८३, मंगलवार

 

ढोेरपाटनमा कोदोको खेती गर्ने एक सय किसानलाई पुरस्कार

बागलुङ । गाउँको जग्गा बाँझिदै जान थालेपछि ढोरपाटन नगरपालिकाले नयाँ योजना ल्याएको छ । ‘बसाइँसराइका कारण पनि परम्परागत खेती जोगाउन गाह्रो हुन थालेपछि नगरपालिकाले कृषकलाई पुरस्कार दिने नयाँ योजना ल्याएको हो ।

कोदोलाई संरक्षण गर्नको लागि नगरपालिकाले किसान प्रोत्साहन कार्यक्रम मार्फत कोदो उत्पादक किसानलाई पुरस्कार दिने भएको हो । यसका लागि नगरसभाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

आउँदो माघभित्र किसानलाई पुरस्कार प्रदान गरिने नगरप्रमुख देवकुमार नेपालीले जानकारी दिए। उनका अनुसा सय किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ।

‘वैज्ञानिक हिसाबले रकम बाँड्छौं,’ उनले भने,‘बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन्।’ खेती गरेको जग्गा, उत्पादनको मात्राअनुसार पुरस्कार रकम घटीबढी हुनेछ।

कार्यपालिका बैठक बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung