९ कार्तिक २०८३, आईतवार

 

शुभलाभ बचत तथा ऋण सहकारीको साधारण सभा

बागलुङ बजारमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै ज्यष्ठ महिला कृष्णकुमारी राजभण्डारीले सहकारी मार्फत आर्थिक जागरण फैलाउनुपर्नेमा जोड दिईन् । उनले सहकारीमा कारोबार गर्दा शेयर सदस्यलाई दोहोरो फाईदा हुने बताईन् ।

कार्यक्रममा सल्लाहकार ईश्वरलाल बज्राचार्य, सल्लाहकार सुरेन्द्रजंग राजभण्डारी, शेयर सदस्य गोविन्द ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठले प्रगति प्रतिवेदन र कोषध्यक्ष दुर्वलकाजी राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले अध्यक्षता र स्वागत उपाध्यक्ष रघुराम भारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung