११ कार्तिक २०८३, मंगलवार

 

बरेङ गाउँपालिकामा कर्मचारीलाई नियगमन विद्युतीय हाजिरी मेसिन

बागलुङ । बागलुङको बरेङ गाँउपालिकाको कार्यलयमा कर्मचारीहरु नियमितता र सेवाग्राहीको सेवा प्रवाहलाई सुनिश्चिततालाई ध्यानमा राख्दै सिसि क्यामरा र कर्मचारी बिधुतिय हाजिरी सेवा जडान गरिएको छ ।

बिभिन्न बिभागमा सेवा प्रवाहलाई नियमितता तथा गाँउपालिकाको कार्यको पारर्द्शिताको मध्येनजर गर्दै सिसि क्यामरा जडान गरिएको बरेङ गाँउपलिकाका प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ पौडेलले बताउनु भएको छ । हाल ७ वटा सिसि क्यामरा जडान गरिएको छ भने अरु बिधुतिय कार्यहरुको पनि बिस्तार गर्दै सेवा सुबिधालाई अझै सरल र छिटो छरिटो बनाउने पनि प्रमुख प्रसाशकिय अधिकृत पौडेलले बताउनु भएको छ ।

त्यस्तै बागलुङको बरेङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालीम सोमबार सम्पन्न भएको छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तालिमको उद्देश्यको बारेमा बरेङ गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठ पौडेलले प्रकाश पार्नु भएको थियो ।

जनप्रतिनिधि र कर्मचारी गरि ३० जनाको सहभागिता रहेको कार्यक्रमको सूचना प्रबिधि अधिकृत राजन कार्कीले आधारभुत कम्पुटर तथा इन्टरनेटको बारेमा सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung