११ कार्तिक २०८३, मंगलवार

 

बागलुङमा असुरक्षित बन्दै महिला, मानव अधिकारकर्मीले गरे खुलासा

बागलुङ । बागलुङमा महिला हिंसाका घटनाहरु बढेको महिला मानवअधिकारबादीहरुले बताएका छन् । महिला हिंसा बिरूद्ध प्रत्येक बर्ष मनाउँदै आएको महिला हिंसा बिरूद्धको १६ दिने अभियान चलेको भएपनि जिल्लामा महिला हिंसाका घटनाहरु विगतको तुलनामा बृद्धि भएको मानवअधिकारकर्मीहरुले बताएका हुन् ।

धौलागिरि संचार क्लब बागलुङले गरेको साक्षात्कार कार्यक्रममा महिला अधिकारकर्मि ममता देबी शर्मा, शकुन्तला शर्मा र मन्जु क्षेत्रीले यस्तो बताएका हुन् ।

बागलुङ जिल्लामा एक बर्षको दौरानमा ९४ जना बालबालिका महिलाहरू हराएको घटना देखिएको महिला अधिकारकर्मि शकुन्तला शर्माले बताइन ।

स्थानीय तहले जिल्लामा भएको कार्यक्रम कटौती गरेकाले पनिले समस्या आएको शर्माको दुखेसो छ । घटनाहरू एकपछि अर्को गरेर बढ्दै गएको देखिन्छ यसलाई अहिले देशमा भइरहेको सचेतताको कारणले पनि हुनसक्ने शर्माले बताइन
अहिले नयाँनयाँ किसिमको हिंसाका घटनाहरु देखा परेको महिला अधिकारकर्मि मन्जु क्षेत्रीले बताइन । अहिले सामाजिक संजाल फेसबुकको कारणले हिंसाको घटना बढिरहेको क्षेत्रीको बुझाई छ ।

अधिवक्ता ममता देबी शर्माले अहिले आत्माहत्याको घटना बढ्नुमा घरेलुु हिंसा नै प्रमुख कारण भएको बताइन् । सम्बन्ध बिच्छेदका घटना कानुनी कारणले पनि बढेको शर्माले शर्माले बताइन् । अहिले ९५ प्रतिशत महिला पुरूषबाट ५ प्रतिशत पुरूष महिलाबाट हिंसामा परिरहेको अहिलेको कानुनले यसलाई झन् बढावा दिएको शर्माले बताइन ।

धौलागरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सदस्य कृष्ण कडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung