गलकोटमा मदिरा पिउनेहरुको लागि समय निर्धारण गरिएको छ । अपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै मदिराजन्य बस्तुको निषेध र त्यसको नियन्त्रणको लागी समय सिमा निर्धारण गरिएको हो ।
गलकोट नगरपालिका ७ मा भएको भेलाले वडा सरकार, ईलाका प्रहरी कार्यालय गलकोट, विभिन्न सामाजिक संस्थाहरु, होटल व्यावसायी, मदिरा पसल व्यावसायी, युवा वर्गको उपस्थितीमा वडा नं ७ भित्र मदिरा विक्री वितरण तथा सेवन गर्ने समय निर्धारण गरेको हो ।
मंसिरदेखि फागुन महिनामा जाडो मौसममा बेलुका ५ बजेदेखि ७ बजेसम्म र चैत देखि भदौसम्म गर्मी मौसममा बेलुका ६ बजेदेखि ७ बजेसम्म मदिराजन्य पदार्थ रक्सी विक्री वितरण तथा सेवन गर्ने समय तोकिएको छ ।
नियमको उल्लङघन गरि अककटेर गरेको पाईएमा पहिलो पटक रु ३ हजार, दोस्रो पटक रु ५ हजार र तेस्रो पटक रु १० हजार सहित थप कारबाही गरिने वडा सुरक्षा समिति खण्ड का संयोजक लोक बहादुर थापाले जानकारी दिए ।
त्यस्तै तोकिएको समय भन्दा बाहिर अन्य ठाउँमा मदिरा सेवनगरी आएमा समेत सेवनकर्तालाई यो नियम लागु हुने वडाले जनाएको छ । वडा भित्र २४ सै घण्टा जुवातास पूर्ण रुपमा निषेध गरिएको छ । जुन कनै समयमा जुवातास खेल्ने र खेलाउने गरेको पाइएमा माथि उल्लेखित जरिवाना पहिलो दोस्रो र तेस्रो पटक क्रमश ३ हजार, ५ हजार र १० हजार र थप कारबाही गर्ने निर्णय गरिएको छ ।
त्यस्तै व्यवसायीहरु दर्ता प्रक्रियामा नआएकाहरुलाई मंसिर मसान्तभित्र दर्ता गर्न समय सिमा तोकेको छ ।



















































































































































































































