१० कार्तिक २०८३, सोमबार

 

२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

बागलुङको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन्।

हालको काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय थापा मङगलबार बिहानदेखि बेपत्ता भएका परिवारले जनाएको छ।

केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएका बाबु नन्दे थापाले बताए।

खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung