११ कार्तिक २०८३, मंगलवार

 

विपद व्यवस्थापनका निम्ती तालिम संचालन

विपद व्यवस्थापनका निम्ती बागलुङको पश्चिमी क्षेत्रमा रहेका बिभिन्न ५ सामुदायिक विद्यालयमा तालिम सञ्चालन हुने भएको छ । बिशेष गरी भुकम्प, बाढि पहिरो, आगलागि, जस्ता अकस्मात नसक्ने विपदको रोकथामका निम्ती बिद्यालय क्षेत्रमै कार्यक्रम सञ्चालन गर्न सकेमा प्रभाबकारी हुने देखिएपछि बिभिन्न ५ विद्यालयका १ हजार ५ सय बिद्यार्थीले सहभागिता जनाउने गरी विपद व्यवस्थापन बिषयक कार्यक्रम हुने भएको हो ।

एकिकृत हातेमालो समाज नेपाल (सियान)को आयोजना तथा युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहयोगमा कार्यक्रम हुने बुर्तिबाङमा आयोजित एक कार्यक्रमका बिच सँस्थाका उपाध्यक्ष प्रेमचन्द्र गिरीले जानकारी गराउनु भएको हो ।

बुधबार बुर्तिबाङमा जिल्ला स्तरीय सरोकारवालाहरुका विच परियोजना प्रचार प्रसार कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बोल्दै विपद व्यवस्थापनको विषयमा लिइएको कार्यक्रम अतिनै उपयोगि रहेको बताउँदै पश्चिम बागलुङका सबै क्षेत्र विपदका हिसावले अति जोखिममा रहेको बताउँदै सबै विद्यालय र गरीव बस्तिमा पुगेर यस्ता कार्यक्रमलाई अगाडी बढाउन आवस्यक रहेको बताउनु भयो ।

उहाँले थप बोल्दै विगतमा भईरहेको बाढि, पहिरो, भिषण आगगाली जस्ता बिषय गम्भिर रहेको बताउँदै यस्ता कार्यक्रम सञ्चालन गर्नूे अति उपयोगि रहेको बताउँदै त्यसको निम्ती नगरपालिकाले समेत सम्मोन्य गर्ने बताउनु भयो ।

त्यस्तै परियोजनाले चैत्र वा बैसाख महिनाको विचमा रहने गरी ढोरपाटन नगरपालिका अन्र्तगत पर्ने विद्या विकास मावि, ज्ञानोदय मावि र छोरेगाउँ मावि गरी ३ विद्यालय र तमानखोला गाउँपालिकाको जनजागृर्ति मावि र शान्ति मा.वि गरी बागलुङ जिल्लाभर जम्मा ५ विद्यालयमा प्रति बिद्यालय ३ दिनका दरले विद्यालयमा विपद जोखिम व्यवस्थापन सचेतना तथा विपद व्यवस्थापनका लागि क्षमता विकास कार्यक्रम गर्ने तयारी गरीएको सँस्थाका उपाध्यक्ष गरीले बताउनु भयो । तालिम सञ्चालन गर्नका निम्ती पाँचवटै विद्यालयमा पुगेर प्रअ, विद्यालय व्यवस्थापन समिती लगाएतको विचमा जानकारी भईसकेको बताईएको हो ।

विपद व्यवस्थापनको बिषयलाई बढि प्रभावकारी हुने गरी अगाडी बढाउन आयोजक सस्थालाई आग्रह गर्दे यस क्षेत्र विपदको जोखिम क्षेत्र भएका कारण विद्यालय तहमा गरीएको कार्यक्रमले प्रभावकारीता दिनुपर्ने टेकराज पौडेलले बताए ।

कार्यक्रममा ईलाका प्रशाशन कार्यालय बुर्तिबाङका प्रमुख नन्दराम भुसालको समेत मन्तव्य रहेको थियो । परियोजनाका कार्यक्रम निर्दशक हरि पौडेलको स्वागत रहेको कार्यक्रममा बिभिन्न सँघसँस्थाका प्रतिनीधि, पत्रकार, उद्योग बाणिज्य सँघ बुर्तिबाङका अध्यक्ष चिन्तामणि कँडेल, ढोरपाटन १ का अध्यक्ष चित्र भण्डारी लगाएतको आतिथ्यता रहेको कार्यक्रम एकिकृत हातेमालो समाज नेपाल –सियानका उपाध्यक्ष प्रेम चन्द्र गिरीको अध्यक्षता , दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung