म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार कुहुँको महभिरमा हेलीप्याड निमाण गरिएको हो ।
वडा कार्यालयको सिफारीस अनुसार बुधबार कुहुँ पुगेका शसस्त्र प्रहरी नायव उपरिक्षक अनिल कार्की, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र देउराली युवा कल्व कुहुँका सचिव एकजित रोका लगायतको टोलीले हेलीप्याड निर्माण गरेको हो ।
यसअघि रघुगंगा गाउँपालिका ६ पाखापानी र मालिका गाउँपालिका २ रुममा हेलीप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलीप्याड निर्माण स्थल छनौटको काम भइरहेको छ ।
५ वटा भन्दा धेरै हिमाल अवस्थित पहाडी भुगोल भएको म्याग्दीमा विपद्को समयमा तत्काल खोज तथा उद्धार गर्ने राहत उपलब्ध गराउने उद्देश्यले सबै वडामा हेलीप्याड निर्माण गर्ने योजना अघि बढाएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो ।



















































































































































































































