बागलुङ । आदर्श संचार सहकारी संस्था बागलुङले आफ्नो १३ औं स्थापना दिवसको अबसरमा विशेष बाल कक्षा प्राविमा न्यानो कपडा वितरण गरेको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गरी सहकारीले न्यानो कपडा विद्यालयमा हस्तान्तरण गरेको हो ।
सहकारीले आफ्नो स्थापना दिवसको अबसरमा हरेक वर्ष यस्तै नयाँ कार्य गर्दै आइरहेको छ ।
विशेष बाल कक्षा प्राविमा ४६ जना विद्यार्थी अध्ययनरत छन् । २३ जनालाई आवसिय व्यवस्था समेत विद्यालयमा रहेको छ । उक्त बाल कक्षामा बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी, कास्की र भारतका समेत बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक युक्तनाथ राजभण्डारीले बताए ।



















































































































































































































