बागलुङ । सिगानामा तेस्रो सुन्तला महोत्सव हुने भएको छ । यहि पुस ७ देखि १० गतेसम्म महोत्सव हुन लागेको हो । स्थानिय कृषि उपजको पवद्र्धन र कला संकृतिको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आइतबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक गणेश व्यवसायिक कृषि सहकारी लिमिटेड र बा.न.पा ८ सिगानाले महोत्सवको बारेमा जानकारी दिएको हो ।
महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगता, खुल्ला सामूहिक नृत्य प्रतियोगिता, प्रा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकता प्रतियोगिता, आमा समूह विच रत्यौली प्रतियोगिता, लोक भजन प्रतियोगिता, आमा समूह विच रस्साकसी प्रतियोगिता, स्थानीय झ्याउरे गित प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानिय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको छ । मेलाको मुख्य आर्कषणको रुपमा रहने सुन्तला, र स्थिानिय स्तरमा उत्पादन भएका तरकारी लगायतका आर्ग्निक उत्पादनहरु रहने छन् ।





























































































































































































