बागलुङ नगरपालिकाले साविकको जिल्ला कृषि विकास कार्यालयमार्फत आफ्नो काम सुरु गरेको छ ।
रात्माटामा रहँदै आएको नगरपालिकाको कार्यालय कृषि विकास कार्यालयमा लिएसँगै बजारबाट सेवा शुरु भएको हो ।
नगरपालिकाले पहिलो पटक साविकको जिल्ला कृषि विकास कार्यालयमा नगर कार्यपालिकाको बैठक राखेर काम सुरु गरेको थियो ।
जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि सिमित कर्मचारी रहेको कृषि ज्ञान केन्द्र तथा आलु जोन कार्यक्रमको सम्पर्क कार्यालय रहको उक्त भवनबाट नगरपालिकाको मुख्य कार्यालय, कृषि विकास शाखा र यस अगाडि रहेका कृषि ज्ञान केन्द्र र आलु जाने कार्यक्रमको सम्पर्क कार्यालय यसै भवनबाट सञ्चालित हुनेछन् ।
महिला विकासको भवनमा नगरपालिकाको महिला विकास शाखा, न्यायीक इजलास तथा अल्पकालिन महिला सेवा केन्द्र तथा भुसंरक्षण भवनबाट नगरपालिकाको सहकारी कार्यालयको सेवा दिन सुरु गरिसकेको छ ।
जनतालाई सर्वसुलभ रुपमा एकै ठाउँबाट सबै खालको सरकारी सुविधा दिने उद्देश्यले बागलुङ बजारको आवा रोडबाट सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।



















































































































































































































