११ कार्तिक २०८३, मंगलवार

 

बजार अनुगमनलाई नियमित गर्नुपर्छ–अध्यक्ष श्रेष्ठ

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले आम उपभोक्ताको हकहितको लागि राष्ट्रिय उपभोक्ता मञ्चले प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गर्ने गर्दै आएको बताए । उनले अनुगमनलाई निरन्तरता दिनसके पनि धेरै सुधार हुने बताए ।

धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा श्रेष्ठले बजारमा अहिले जति पटक अनुगमन गरेपनि अखाध्य सामाग्री भेटिने गरेको, सामानको मुल्यमा एकरूपता नभएको जस्ता समस्या देखिने गरेको बताए ।

बजारमा बिक्रीवितरण गरिने मासु काट्ने बधशाला अस्तब्यस्त नै रहेको भन्दै सुधारको लागि प्रयास भए पनि अहिलेसम्म सुधार नभएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

अहिले पनि बजार सुधार गर्नको लागि उपभोक्ता मञ्च लागि रहेको भन्दै सबैको सहयोग र सहकार्य जरुरी रहेको उनले बताए । धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सदस्य प्रदिप पन्तले र धन्यवाद ज्ञापन क्लबका सदस्य कोपिला कँडेलले गरेका थिए ।

धौलागिरि संचार क्लब बागलुङले समसामयिक बिषयमा निर्धारित समयमै कार्यक्रम शुरूवात गर्ने र तोकिएकै समयमा सक्ने परम्पराको थालनी गरेको छ । जुनसुकै कार्य निर्धारित समयमै गर्नुपर्छ भन्ने परम्परा बिकास गर्दै जाने योजना रहेको क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung