३ जेष्ठ २०८१, बिहीबार

 

सिगानामा तेस्रो सुन्तला उत्सव सुरु,८ लाखको कारोबार गर्ने लक्ष्य

बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनी सुरु भएको छ । गणेश व्यावसायीक कृषि सहकारी संस्थाको आयोजना र बागलुङ नगरपालिका ८ सिगानाको सहयोगमो उत्सव सुरुभएको हो । तेस्रो सुन्तला उत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यवसायीक उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

सिगानाका किसानले फलाएको सुन्तला नगरभित्रका अन्य किसानहरुका लागि पनि प्रेरणाको स्रोत भएको भन्दै पौडेलले कृषि कर्मलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिए ।

आधुनिक प्रबिधिको प्रयोग मार्फत कृषि उत्पादन बढाउँदै लैजानु पर्नेमा पौडेलको जोड थियो । स्थानीय सरकारले किसानहरुलाई लक्षित गरेर बिभिन्न कार्यक्रमहरु ल्याएको भन्दै कृषि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न आँफुहरु सधैं तयार रहेको पौडेलको भनाई थियो ।

बेला बेलामा प्रदर्शनिको रुपमा आयोजना हुने मेला उत्सव जस्ता कार्यक्रमहरुले कृषि उत्पादनको प्रचार प्रसार र बजारीकरणमा सहयोग पु¥याउने पौडेलले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन कार्यक्रम म्याग्दीका प्रमुख बम बहादुर थापा, नेकपा जिल्ला संयन्त्र बागलुङका सदस्य लाल थापा, नेपाली कांग्रेस महासमिति सदस्य अमर बहादुर कार्की, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष हरिनारायण गौतम, सिगाना माध्यामिक विद्यालयका प्रद्यानाध्यापक शिव कुमार शर्मा लगायतले बोलेका थिए ।

शुक्रबार भएको उद्घाटन कार्यक्रमको अध्यक्षता सहकारी अध्यक्ष रामबहादुर खड्का, स्वागत कविराज जोशी र सञ्चालन भद्र कार्की तथा शिव खड्काले गरेका थिए ।महोत्सवमा ७ लाखको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्