१० कार्तिक २०८३, सोमबार

 

मगर विद्यार्थी संघ धौलागिरि क्याम्पस समिति अध्यक्षमा श्रीस

नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षमा पर्वत श्रीस चयन भएका छन् ।
मगर संघको १६ औं अधिवेशनले श्रीसको अध्यक्षतामा २१ सदस्यीय नेपाल मगर विद्यार्थी संघ क्याम्पस समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा एलिजा राना, सचिव मिना थापा, सहसचिव लालमति पुन र कोषाध्यक्षमा कुमारी थापा रहेका छन् ।

समितिका सदयहरुमा मिरा राना, शान्ति रोका, सुधा घर्ती, दिपा श्रीस, धनु थापा, सुस्मा श्रीस, प्रतिक्षा थापा, भूपाल घर्ती, दिलु थापा, सीता पुन, बिना श्रीस, करिस्मा बुढाथोकी, यसिमा श्रीस, बिमल थापा, ऋतु बुढा र चन्द्रशेखर घर्ती रहेका छन् ।

नेपाल मगर विद्यार्थी संघका केन्द्री सदस्य मनिष थापा मगरले नेपालमा पछि पारिएको मगर जातिको उत्थानका लागि अब विद्यार्थीहरु अगाडी बढ्नुपर्ने बताए ।

‘हाम्रो भाषा मारिएको छ संस्कृति नाश गरिएको छ, अब हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्ने जिम्मा हाम्रै काँधमा छ,’ उनले भने,‘विगतमा विभीन्न बहानामा राज्यले हामीलाई पछाडी पा¥यो अब लडेर त्यो अधिकार हामीले प्राप्त गर्नुपर्छ । त्यसका लागि शैक्षिक रुपमा पनि सक्षम हुनुपर्ने आवश्यकता छ ।’

युवा विद्यार्थीले नै अब मगर समुदायको उत्थानमा लाग्नुपर्ने उनको भनाई छ । ‘हामीले खेल्ने भूमिकाले अब मगर समुदायको उत्थान हुन्छ कि हुँदैन भन्ने अर्थ राख्छ,’ उनले भने, ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung