१० कार्तिक २०८३, सोमबार

 

रुखले च्यापेर एकको मृत्यु

पर्वतको मोदी गाउँपालिका, ७ रापु घर भै काठेखोलामा मजदुरी गरी बस्दै आएका ४५ वर्षीय पुर्ण बहादुर सार्कीको मृत्यु भएको हो ।  बागलुङको काठेखोला गाउँपालिका, ६ बिहुँमा शनिबार रुखले च्यापेर उनकाे ज्यान गएकाे हाे ।

साँझ ५ बजे उत्तिसको रुख ढाल्ने क्रममा आफैले ढालेको रुखले च्याप्दा सार्कीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung