विवाईसी (भिमापोखरा युवा क्लव) बागलुङले २७ औँ वार्षिक साधारणसभा तथा २३औँ स्थापना दिवसको अवसरमा मानासेवा आश्रम बागलुङलाई नगद सहयोग गरेको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा विवाईसीका कार्यवाहक अध्यक्ष मणिभद्र शर्माले मानव सेवा आश्रमका संयोजक सुमिरा लामालाई नगद ५ हजार पाँच रुपैयाँ प्रदान गरे ।
बागलुङ नगरपालिका–१ रामरेखामा १ कार्यालय रहेको विवाईसीले यो रकम प्रदान गरेको संयोजक लामाले नयाँविश्वलाई वताईन् । लामाले भनिने, ‘आगामी दिनहरुमा पनि यस्तै समाजिक कार्यहरुमा सदैव सहयोग रहने प्रतिबद्धता अध्यक्ष मणिभद्र शर्माले जनाउनुभएको छ । मानवीय सेवामा सहयोग गर्नुहुने सम्पूर्ण विवाईसी बागलुङ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’



















































































































































































































