धाैलागिरि अन्चलकाे सबैभन्दा पुरानो सहकारी संस्था कालिका सहकारी संस्था लिमिटेड बागलुङको साधारणसभा सदरमुकाम बागलुङ बजारमा सम्पन्न भयो ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गाैतमले धाैलागिरि अन्चल कै सबैभन्दा पुरानो सहकारी संस्था फेरि सक्रिय हुनु सबैको लागि खुशीकाे कुरा भएको बताए ।
सहकारी यतिबेला जनताको आशाकाे किरण बनिरहेको हुदा यसलाई राम्रोसँग अगाडि बढाउन सके शेयर सदस्यकाे आर्थिक समृद्धि गर्न मद्दत पुर्याउने गाैतमले बताए ।
साधारणसभामा पुर्व माननीय सांसद नरबहादुर थापा शेयर सदस्य जगदीशचन्द्र उपाध्याय गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा लगायतका बक्ताहरूले सहकारी लाई नयाँ ढंगले अगाडि लैजानु पर्ने धारणा राखेका थिए ।
साधारणसभाले सहकारीको शेयर बृद्धि गर्ने शेयर सदस्य थप गर्ने पुरानो ऋण असुल गर्ने जिल्लामा रहेका सहकारी संघसंस्था संग मर्ज गर्ने बारे छलफल भएको सहकारीका सदस्य हिमाल शर्माले बताए ।
साधारणसभाकाे अध्यक्षता सहकारीका अध्यक्ष शंकर खड्का स्वागत सदस्य कृष्णदत्त पन्त संचालन सदस्य हिमाल शर्माले गरेका थिए ।



















































































































































































































