बागलुङ । लायन्स क्लब अफ काठमाडौं धौलागिरीका अध्यक्षले बागलुङमा रहेको एक आश्रममा न्यानो कपडा वितरण गरेका छन् ।
क्लबका अध्यक्ष लायन्स विष्णु केसीले रु १२ हजार बराबरको न्यानो कपडा मानव सेवा आश्रममा रहेका बालबालिका, बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
यस मानवीय सेवा कार्यमा संयोजनकारी भुमिका निर्वाह गर्नुहुने आदरणीय विष्णु क्षेत्री, दिपा क्षेत्री, अशोक शर्मा, नवराज केसीको सक्रियतामा उक्त न्यानो कपडा वितरण गरिएको हो ।

आकर्षक मनेपावरका प्रोपाइटर समेत रहेका केसीले समाजसेवामा लाग्नकै लागि आफू लायन्समा आवद्ध रहेको बताउँदै सानो सहयोग गरेको बताए । उनको घर बानपा ३ मुलपानी हो ।




















































































































































































































