१० कार्तिक २०८३, सोमबार

 

नेपाली सेनाले दियो विपद् व्यवस्थापन सम्बन्धि तालिम

बागलुङ । काँठेखोला गाउँपालिका विहँकोटको अमर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धि तालिम दिएको छ ।

अर्जुन बाण गण धोडाबाधेले सो विद्यालयका ३६ जना विद्यार्थीलाई तालिम दिएको हो ।

अर्जुन वाण गणका प्रमुख सेनानि भुवनराज देवकोटाले विद्यार्थिमा शैक्षिक ज्ञान हासिल मात्र सबै कुरा पूर्ण नहुने बताउदै उनिहरुमा अनुशासन ईमानदारिताको आवश्यकता रहने बताए ।


तत्कालै कुनै विपद परेका खण्डमा समेत विपद् ब्यबस्थापन गर्न सक्ने गरी आफूहरुले तालिम दिएको उनले बताए । राष्ट्रिय एकताको भावना समेत जगाउन यो तामिल ले सहयोग पुर्याएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung