बागलुड । पर्वतका एक व्यक्तिले आफ्नो जन्मदिनको अबसरमा बागलुङमा रहेको एक आश्रममा आर्थिक सहयोग गरेका छन् ।
कुश्मा नगरपालिका १ पाङ घर भई हाल बागलुङ नगरपालिका २ बस्दै आएका पंगाली फेन्सीका प्रोपराइटर बासुदेव पौडेल (राजु) ले आफ्नो ४५ औं जन्म दिनको अबसरमा मानव सेवा आश्रमलाईनगद रु.२५ हजार ५ सय ५५ सहयोग गरेका हुन् ।

बासुदेवले जन्मदिनको अबसरमा केही मानवीय सामाजिक सेवा गर्ने उद्देश्यका साथ आफूले सहयोग गरेको बताएका छन् । उनले आगामी दिनमा पनि आश्रमले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।



















































































































































































































