७ कार्तिक २०८३, शुक्रबार

 

सयपत्री सहकारीको साधारणसभा सम्पन्न

बागलुङ । सयपत्री बहुउद्देश्यीय सरकारी संस्थाको १२ औं बार्षिक साधरणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद चन्द्रबहादुर बुढाले सहकारीले मेघा प्रोजेक्टमा लगानि गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।

उनले सहकारीहरुले सेवा तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके रोजगारीकको सिर्जना हुने बताए । सहकारीलाई उत्पादनसँग जोड्नका लागि गण्डकी प्रदेशको सहकारी विधेक समेत तयार भएको प्रष्ट पारे ।

कार्यक्रममा नेकपाका ज्ञामनाथ गैरे अनिल, नेपाली काग्रेसका नारायध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका टंक केसी, गलकोट नगरपालिका १ का अध्यक्ष नेत्र बुढाथोकी, वाड नम्बर ४ का अध्यक्ष बलबहादुर खत्री, गलकोट सहकारी समन्वय समितिका अध्यक्ष बिरेन्द्र श्रेष्ठ, गलकोट बहुमुखी क्यापसका क्यापस प्रमुख कृष्णप्रसाद गौतम, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोटका सहकारीको तर्फदेखि रामप्रसाद शर्मा लगायतले बोलेका थिए ।

साधारण सभामा मासिक बचततर्फ शिवबहादुर खत्री, टोपकुमारी खडका, अधमबहादुर भण्डारी, कोपिला शर्मा सुवेदीलाई सम्मान गरिएको छ ।
त्यस्तै दैनिक बचततर्फ कृष्ण सुनार, लिलबहादुर केसी, मनबहादुर खत्री, चिन्ता भण्डारी कुबरलाई सम्मान गरिएको छ । असल ऋणितर्फ तिलकबहादुर खाति, बमबहादुर खत्री, यामकुमारी क्षेत्री, रबि पुन, शान्ति खत्री, दोपती अधिकारी, बाल बचततर्फ अनिता क्षेत्री, सृष्टि खडका, लक्ष्मण पोखरेल, अश्विनी सुवेदीलाई सम्मान गरिएको सहकारीका ऋण अधिकृत बिकास सु्वेदीले नयाँ विश्वलाई बताए ।

त्यस्तै सर्वाेत्कृष्ट शेयर सदस्यतर्फ यमबहादुर श्रेष्ठ, सामुदायिक बिद्यालयमा अध्यनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । जसमा चमुवा आधारभुत बिद्यालय, भुमे प्राथमिक बिद्यालय, खरुवा माद्यामिक बिद्यालय, महेन्द्र माद्यामिक बिद्यालय र नवयुवक आधारभुत बिद्यालयका १, १ जना बिद्यार्थीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष चिन्तामणि शर्माले अवधारणापत्र, सचिव हेमराज गैरेले प्रगति प्रतिबेदन र कोषाध्यक्ष ओमकार सुवेदीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

२०६४ सालमा स्थापना भएको सहकारीको ५ करोड जारी सेयर पुँजी, २ करोड ९ लाख ९ हजार ५ सय चुक्ता सेयर पुँजी रहेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ४७ लाख ३ हजार ८ सय, घाटा पुर्ति कोषमा ६ लाख ८२ हजार ३ सय, सामाजिक सुरक्षा कोषमा ६ लाख ३३ हजार ६ सय, कर्मचारी उपदान कोषमा ४ लाख १५ हजार ३ सय, सहकारी बिकास कोषमा ८१ हजार ४ सय रहेको सहकारीका कोषाध्यक्ष ओमकार सुवेदीले बताए ।

८ सय ३ महिला र ४ सय ४ जना पुरुष गरि १ हजार २ सय ७६ जना सेयर सदस्य रहेको संस्थामा ६ सय ५१ जनाको बालबचत, १ हजार ७१ जनाको मासिक बचत, २ सय २४ जनाको दैनिक बचत, २३ जनाको ऐच्छिक बचत, ४४ जनाको आवधिक बचत, ५ जनाको सयपत्रि स्पेशल बचत, ३५ जनाको सयपक्रि प्रिमियम बचत र ८५ जनाको स म बि का बचत खाता रहेको सहकारीका अध्यक्ष चिन्तामणिी शर्माले बताए । साधारण सभा संस्थाका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षता र सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung