८ कार्तिक २०८३, शनिबार

 

राङ्खानी सानाकिसान कृषी सहकारीको अध्यक्षमा श्रीष

सुजन प्रेमी
राङ्खानी सानाकिसान कृषी सहकारी संस्थाको छैटौ साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्षमा देवी श्रीष चयन भएकी छन् । नयाँ नेतृत्वमा उपाध्यक्षमा रुपा शर्मा, सचिवमा बिना थापा, कोषाध्यक्षमा नर्मदा श्रीष चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा धनमाया श्रीष, खुमकला थापा, देउकुमारी श्रीष, सुनिता श्रीष, यममाया काउचा, बिष्णु कुमारी राना र पबित्रा थापा चयन भएका छन् । संस्थाले छविलाल श्रीषको अध्यक्षतामा ३ सदस्यिय लेखा समिती समेत चयन गरेको छ जसको सदस्यमा मनबहादुर थापा र भिम बहादुर पुन रहेका छन् ।

सो अवसरमा एसइइ र प्लटुमा उत्कृष्ठ अंक ल्याउने संस्थाका सेयर सदस्यहरुका छोराछोरीलाइ सम्मान, पश विमा गरेका फुलमाया परियार र कृष्ण क्षेत्रीलाई पशुको मृत्युबापत पाउने पशुबिमाको रकम दिइएको थियो ।

संस्थाले बाख्राको बिमागरेर बाख्राको मृत्यु भए ७ हजार २ सय र भैसीको बिमा गरेपछि मृत्यु भएका ३० हजार रुपैयाँ उपलब्द गराउने जनाएको छ । कार्यक्रमको अवसरमा संस्थामा शेयर सदस्य ६ सय १ जना कुल रकम २ करोड १८ लाख रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । आगामी बर्षमा संस्थाको रकम ३ करोड पुराउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung