११ कार्तिक २०८३, मंगलवार

 

आगोलागी पीडितलाई दैविक प्रकोपबाट ३ लाख सहयोग

ताराखोला गाउँपालिका ४ तारामा आगोलागीबाट ज्यान गुमाएका तीन जना बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । मंगलबार आगो सल्काउने क्रममा घरमा आगोलागी हुदाँ तीन जना बालबालिकाको ज्यान गएको थियो ।

स्थानीय रुद्रबहादुर रोकाका ६ वर्षिय छोरा रतिस रोका तथा स्थानीय डिलबहादुर घर्तीका ६ वर्षिया छोरी ऋतु र ४ वर्षिय छोरा आयुस घर्तीको मृत्यु भएको थियो ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रजिअ वेद प्रसाद खरेलले ताराखोला ४ का वडाध्यक्ष जीतबहादुर खत्री समेतको समुपस्थितिमा मृतक बालबालिकाहरुको घरमै पुगेर उनिहरुका अभिभावकहरुलाई मृतक जनहीलाई रु १ लाखका दरले रु ३ लाख रुपयाँ राहत रकम वितरण गरिएको हो ।

सो अवसरमा आगलागीबाट क्षती पुगेको गोठ धनीलाई रु ८ हजार राहत रकम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung