बागलुङ । आदर्श नमुना वचत तथा ऋण सहकारी सस्थाको ८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको नयाँ नेतृत्वमा तुल्सीराम गौतम चयन भएका छन् ।
समितिको उपाध्यक्षमा गोविन्द वहादुर भण्डारी ,सचिव राजकुमार पौडेल ,कोषाध्यक्ष धनराज गौतम रहनु भएको छ । समितिको सदस्यमा दुर्गा घिमिरे गैरे नरवहादुर जिसी र पदम वहादुर सेवेदी रहनु भएको छ ।
साधारण सभाको अवसरमा वोल्दै सहकारीका सल्लाहकार वालकृष्ण शर्माले सहकारीमा रहेको पुजीलाई उत्पादन मुलक क्षेत्रमा परिचालन गर्नु आजको आवश्यक्ता रहेको बताए ।
कार्यक्रममा सहकारीका पुर्वसल्लाहकार कविन्द्रप्रसाद शर्मा सापकोटा , शेयर सदस्य कुलराज शर्मा ,निर्वाचन सयोजक जिवननाथ शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको अवसरमा सहकारीका सचिव राज कुरमा पौडेलेको प्रगती कोषाध्यक्ष धनराज गौतमको आर्थिक र लेखा समितिका संयोजक धनबहादुर कार्कीले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन पारित गरिएको छ ।
सहकारीका अध्यक्ष तुल्सीराम गौतमको अध्यक्षता उपाध्यक्ष गोविन्द वहादुर भण्डारीको स्वागत र सचिव राजकुमार पौडेलको संचालने संचालनमा सम्पन्न भएको थियो ।
७१ लाख ९८ हजार शेयर पुजी रहेको सहकारीले आर्थिक वर्ष ७४,७५ मा २ करोड ३० लाख १० हजार ७ सय २८ रुपैया कारोवार गरेको जनाएको छ । सहकारीले २७ जना वाल वचतकर्ता वाट ३ लाख ९९ हजार ३ सय ७९ मुद्दती खातामा मौज्दात रहेको जनाईएको छ ।



















































































































































































































