१० कार्तिक २०८३, सोमबार

 

प्रेस युनियन पर्वतको अध्यक्षमा आलोपालो

पर्वत । नेपाल प्रेस युनियन पर्वतको अध्यक्षमा माया अधिकारी र उत्तम अधिकारीलाई आधा आधा कार्यकालका लागि चयन गरिएको छ ।
प्रेस युनियको ५ औं जिल्ला अधिवेशनका दुबै पक्षले समान ३० मत प्राप्त गरेपछि आलोपालोका आधारमा दुई अध्यक्ष चुनिएका हुन् ।

आगामी चार वर्षको कार्यकालमा पहिलो कार्यकाल माया अधिकारी र बाँकी २ वर्ष उत्तम अधिकारीले नेतृत्व गर्ने गरी समस्याको समधान गरिएको हो ।

नेपाल प्रेस युनियन पर्बतको उपाध्यक्षमा रोशन तिवारी, समबेसी उपाध्यक्षमा ठाकुर रसाईली , सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने, सहसचिवमा संगीता क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung