२५ असार २०८२, बुधबार

 

जन बिश्वास सहकारीको नवौ साधारणसभा सम्पन्न

जन बिश्वास बचत तथ ऋण सहकारी संस्था लिमिटेड बागलुङको नवौ साधारणसभा शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
बागलुङ सुनचाँदी ब्यबसायी संघका अध्यक्ष ओमबहादुर बिश्वकर्माले सहकारी संस्थालाई शेयर सदस्यको भावना अनुसार चलाउन सक्यो भने मात्रै यसले राम्रो प्रगति गर्ने शेयर सदस्यको आर्थिक समृद्ध गर्ने बताए ।

सहकारी संस्थाको साधारणसभाको उद्घाटन गर्दै अहिले सहकारी धेरै खुलेपनि यसले सहकारीको भावना अनुसार काम गर्न नसकेको परिपेक्षमा यश सहकारीले राम्रो प्रगति गर्दै गएको बिश्वकर्माले बताए ।बचत गर्ने बानीको बिकास गर्न सके भबिस्यमा यसले फाइदा पुग्ने बिश्वकर्माले बताए ।

दलित समुदायहरू कडा श्रम गरि आर्जैको रकम बचत नगरी मिठो खानपिन फजुल खर्चमा सिमित गरि भोलिका दिनमा आफु र आफ्ना बालबच्चाको भबिस्यय लाई सोच गरि सहकारी संस्था स्थापना गरिएको सहकारीको साधारणसभामा जानकारी गराइएको थियोे ।

सहकारीका अध्यक्ष कविराज बिश्वकर्माको अध्यक्षता स्वागत सहकारीका उपाध्यक्ष परशुराम बिश्वकर्मा संचालन सहकारीका सचिव अशोककुमार बिश्वकर्माले गरेका थिए । साधारणसभामा सहकारीको प्रगति प्रतिबेदन सचिव अशोककुमार बिश्वकर्माले आर्थिक प्रतिबेदन सहकारीका कोषाध्यक्ष धनकाजी बिश्वकर्माले प्रस्तुत गरेका थिए ।

साधारणसभामा धौलागिरि संचार क्लब बागलुङ अध्यक्ष राजेशचन्द्र राजभण्डारी बरिष्ठ सल्लाहकार दुर्गा बहादुर बिश्वकर्मा,ऋण समिति संयोजक मनबहादुर बिश्वकर्मा, सदस्य अन्जु बिश्वकर्मा लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारणसभामा सहकारी संस्थामा एक बर्षसम्म राम्रो आर्थिक कारोवार गर्ने बिना गुप्ता कल्पना गौतम, सुरबीर बिश्वकमार्, असल ऋणी राजन रामदाम बिष्णु बिश्वकर्मा कार्यक्रममा जेष्ठ नागरिक चन्द्रबहादुर बिश्वकर्मालाई सम्मान गरिएको थियोे । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सुबास बिश्वकर्मा र सहकारीका प्रबन्धक सरिता बिश्वकर्मालाई पनि साधारणसभामा सम्मान गरिएको थियो ।

२०६६ सालमा स्थापना भएको जन बिश्वास सहकारी संस्थाले आर्थिक बर्ष २०७४र७५ सालमा २ करोड ६५ लाख ५७ हजारको आर्थिक कारोबार गरि १६ लाख ७४ हजार ४ सय ३४ आम्दानी सहकारीको खर्च १५ लाख ६० हजार ४ सय १३ रूपैयाँ ८५ पैसा खर्च गत बर्षको नोक्सान ६९ हजार ४ सय ८५ रूपैयाँ कुल खर्च १६ लाख २९ हजार ८ सय ९९ रूपैयाँ २२ पैसा खर्च भइ ४४ हजार ५ सय ३४ रूपैयाँ ७८ पैसा नाफा भएको साधारणसभामा प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung