धवलागिरि वचत तथा ऋण सहकारी सस्था लिको १९ औ साधारण सभा सम्पन्न भएको छ ।उक्त साधारण सभाको उदघाटन प्रमुख अतिथि शत्रुध्न श्रेष्ठले गरेको थियो ।धवलागिरि सहकारी समुदायको सहकारी भएकोले यसलाई पारदर्शि र प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने धारणा प्रमुख अतिथि श्रेष्ठले राखेका थिए ।
पुर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले धवलागिरि सहकारी इतिहास बोकेका सहकारी भएकोले संचालक इमान्दार र स्पस्ट दुरगामी योजना बनाएर अगाडि बढ्नु पर्ने विचार व्यक्त गरेका थिए ।कार्यक्रममा प्रत्यक्ष दृष्टि सहकारीको अध्यक्ष हरिकृष्ण शर्मा ,सदाबहार सहकारीको अध्यक्ष किस्मतमणि श्रेष्ठ ,विद्यामन्दिर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुवाशचन्द्र राजभण्डारी,पुर्व सांसद हितमान शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।
विस २०५६ सालमा २८ जना संस्थापक शेयर सदस्यहरुले स्थापना गरेका धवलागिरि सहकारीको कुल शेयर पुँजी २ करोड ७० लाख पुगेको छ ।आव २०७४्र्र२०७५ मा २६ करोडको आर्थिक कारोबार गरेको छ ।साधारण सभामा जेष्ठ नागरिकहरु भिमबहादुर श्रेष्ठ ,तीर्थमाया श्रेष्ठ र असल कर्मचारीमा श्रीमती सगुन बज्राचार्य सम्मानित सहकारीले भएका छन।धवलागिरि सहकारीको अध्यक्ष राधेश्याम कमारोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष पुष्पमान श्रेष्ठ र संचालन सचिव रामकुमार राजभण्डारीले गरेको थियो । 






















































































































































































































