११ कार्तिक २०८३, मंगलवार

 

लायन्सका जन्मदाताको १४० औ जन्मदिवस मनाइयो

बागलुङ । संसारकै सबैभन्दा ठूलाअन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको १४० औ जन्मदिन एक कार्यक्रम गरि मनाइएको छ ।

क्लबले संस्थापकको संझनामा केके काटेर सो दिवस मनाएको हो । लायन्स अफ द धौलागिरि देबबहादुर श्रेष्ठले केक काटेका थिए ।
लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ का डेपुटी चिप लायन काजीमान गुरूङले सामाजिक सेवाको क्षेत्रमा लायन्स यतिबेला सबैभन्दा बढी चर्चामा रहेको छ लायन्स क्लब यहाँ सम्म आउनुमा यसका संस्थापक मेल्बिन जोन्स कै मुख्य देन भएको बताए ।

लायन्स क्लब धौलागिरि बागलुङका अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बागलुङ जिल्लामा २५ बर्ष देखि लायन्स क्लब धौलागिरि बागलुङ स्थापना गरेर सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।अहिले बागलुङ सदरमुकाममा ७ वटा लायन्स क्लब र गलकोट नगरपालिकामा १ वटा लायन्स क्लब गरि ८ वटा संस्था क्रियाशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung