पर्वत । नारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन तुप्ला कुमारी शाक्य चयन भएकी छिन् । सहकारीको तेस्रो अधिवेशनबाट उनी सर्वसम्मत रुपमा चयन भएकी हुन् ।
उनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा उपध्यक्षमा सरस्वती भण्डारी, सचिवमा भोजकुमारी शर्मा र कोषाध्यक्षमा मन्ज शिलाकार छनोट भएका छन् ।
सदस्यहरुमा माया गिरी , निला श्रेष्ठ , विप्ला जोशी , चन्द्रा श्रेष्ठ , तारा विश्वकर्मा, मन्जु श्रेष्ठ , र कल्पना श्रेष्ठ रहेका छन् ।
२५ लाख मुल पुँजीबाट कारोवार शुरु गरेको सहकारीले अहिले सम्म ६० लाख पुँजी कायम गरेको छ । यस्तै मुद्धती निक्षेपमा १० लाख रहेका सहकारीले जनाएको छ ।



















































































































































































































