३२ असार २०८२, बुधबार

 

बुर्तिबाङमा माघे संक्रान्ति मेला सम्पन्न

टिकाराम भट्टराई ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा नेपाल मगर सघं क्षेत्रीय समिति तथा ढोरपाटन नगर समितिको सयुक्त आयोजना माघे संक्रान्ति विशेष विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मगर पोशाक लगाएर ¥यालीसहित बजार परिक्रम गरी सुरु भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अधिबक्ता तथा आदिबासी जनजाति सम्बन्धि खोजकर्ता तेजेन्द्र थापा मगरले सरकारले संविधानमा लेखिएका कुराहरुलाई प्रयोगमा नलिई बिभिन्न वाहाना बनाई आरटाल गरिरहेको बताउदै समृद्घ नेपाल सुखी नेपालीको नारा नारामै सिमित रहेको समेत आरोप लगाए ।

आदिबासी जनजातिहरुलाई हरेक कुराहरुमा पछाडि पारिएकाले आफ्नो अधिकारको प्राप्तिको निम्ति जस्तोसुकै सर्घष गर्न पनि तयार रहेकाले नेपालको संविधान संसोधन गर्नुपर्ने समेत उनले उद्घोष गरेका थिए ।


नेपाल मगर सघं क्षेत्रीय समिति तथा ढोरपाटन नगर समितिका अध्यक्ष गगां बहादुर घर्ति मगरको अध्यक्षता रहेको कार्यक्रममा आदिबासी जनजाति महासंघ जिल्ला समितिका अध्यक्ष बोमबहादुर गुरुङ, तमानखोला गाउँपालिकाका अध्यक्ष तथा नेपाल मगर संघका केद्रिय सदस्य जोकलाल बुढामगर, नेपाल मगर संघका केद्रिय उपाध्यक्ष पुर्णबहादुर घर्ति मगर, नेपाल मगर संघ क्षेत्रीय समिति तथा आदिबासी जनजाति अभियान्ता निलबहादुर पुन, ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमति पुन, ईलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख नन्दराम भुसाल, नेपाल मगर संघ जिल्ला समिति बाग्लुङका उपाध्यक्ष सेरमान घर्ति, मगर सेवा समाज बुर्तिबाङका अध्यक्ष तथा लोक तथा दोहारी गायक थम प्रकाश पुन लगायतले मन्तब्य राखेका थिए भने थकाली सेवा समाज बुर्तिबाङका इन्द्रमान शेर्चन, दलित सञ्जाल बुर्तिबाङका अशोक बि.क ,ब्राह्मण क्षेत्री खस समाज बुर्तिबाङका गुञ्ज बहादुर भण्डारी तगायतले शुभकामना मन्तब्य राखेका थिए । नेपाल मगर संघ क्षेत्रिय समितिकी सचिब लिलमाया पुनको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन प्रशान्त घर्ति र प्रतिक घर्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung